‘प्याब्सन विराट कप’ सुरू " डनबस्को र सगरमाथा स्कुल विजयी"

  • पुस २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगितामा विराटनगरस्थित डन बक्स्कोको र सगरमाथा स्कुल विजय भएका छन् । जितसँगै सगरमाथा चरणमा प्रवेश गरेको छ ।
प्याब्सन विराटनगरको आयोजनामा शुक्रबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा डन बक्सको स्कुलले सनसाइन स्कुललाई २–० गोलले पराजित गर्दै डन बक्सको स्कुल दोस्रो चरणमा प्रवेश गरेको हो ।

जितको लागि डन बक्स्कोको निकुस खतिवडाले १४ औं मिनेटमा र ४४ मिनटेमा सनुजो राजवंशीले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए । खेलको म्यान अफ द म्याच पनि राजवंशी घोषित भए ।
सोही दिन भएको दोस्रो खेल सगरमाथा स्कुलले बालमिकी स्कुललाई टाइब्रेकरमा ४–३ ले हराउँदै सगरमाथा स्कुल दोस्रो चरणमा प्रवेश गरेका छ । निर्धातिर समयसम्म १÷१ गोलको बराबरी भएपछि खेलको छिनोफानो ट्राइब्रेकरबाट भएको हो । प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले गरेका थिए । पुस १ देखि ८ गतेसम्म संचालन हुने प्रतियोगितामा २८ वटा विद्यालयले भाग लिएको कार्यक्रम संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved