हुलाकी सडक निर्माणका लागि मेयर कोइरालाको दबाब

  • पुस २, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर–५ स्थित जामुनेश्वरदेखि केशलिया पुलसम्मको हुलाकी सडक निर्माणका लागि विराटनगर महानगरका मेयर नागेश कोइरालाले दबाब दिनु भएको छ ।
स्थानीयवासीसँगै हुलाकी सडक कार्यालय इटहरी पुगेर मेयर कोइरालाले तत्काल सडक निर्माण गर्न दबाब दिनु भएको हो ।

उहाँले स्थानीयको समस्या सम्बोधन गर्नु आफूहरुको दायित्व भएकाले हुलाकी सडक निर्माणका लागि दबाब दिन आफैं उपस्थिति भएको जानकारी दिनुभयो । मेयर कोइरालाकै अग्रसरमा जिल्ला प्रशासन कार्यालय, ठेकेदार र हुलाकी सडक कार्यालयका प्रतिनिधिसित पटकपटक छलफल गर्दा पनि सडक निर्माणले गति लिन सकेको छैन ।

ठेकेदार सम्पर्कविहीन भएका कारण सडक निर्माण हुन नसकेको हुलाकी सडक कार्यालयले जनाएको छ । ठेकेदारलाई सम्पर्कका लागि ७ दिने सूचनासमेत प्रकाशित गरिसकेको कार्यालयले बताएको छ । हुलाकी सडक कार्यालयले निर्माण गर्न नसके महानगर आफैंले सो सडक बनाउने मेयर कोइरालाले बताउनुभयो ।

हुलाकी सडक कार्यालयअन्तर्गत पर्ने भएकाले सो सडक बनाउन नसकिएको उहाँले बताउनुभयो । “हामी बनाउन सक्दैनौं तपाईंहरु नै बनाउनुहोस् भनेर कि त लेखेर दिनुहोस् नत्र छिटो बनाउनुहोस्,” कार्यालयका प्रमुखलाई दबाब दिँदै मेयर कोइरालाले भन्नुभयो, “पटक–पटक तपाईंहरुले ढाँटेका कारण बाध्य भएर कार्यालयमै आउनु परेको हो । म विराटनगरवासीको अभिभावक पनि हो, उहाँले धेरै नै दुःख पाउनुभयो । त्यही भएर पनि म आफैं आएको हुँ ।

फेरि पनि आउनुपर्ने अवस्था आए स्थानीय सडकपीडितले तालाबन्दी गर्ने गरी आउँछौं ।”
हुलाकी कार्यालयले ठेकेदारको खोजी भइरहेको र कारबाहीको प्रक्रिया अगाडि बढिसकेको बताएको छ ।

ठेक्का रद्द गर्ने प्रक्रियामा गइसकेको कार्यालयले प्रस्टीकरण दिएको छ । मेयरसँगै जामुनगाछी क्षेत्रका स्थानीय हुलाकी कार्यालय इटहरी पुगेका थिए । सडक नबन्दा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ ।

वैदेशिक रोजगारबाट फर ...

धरान/  वैदेशिक रोजगारबाट फर्किएपछि सुनसरीको ब ...

रामधुनीमा प्रेशर कुक ...

इटहरी/  सुनसरीको रामधुनी नगरपालिका–४ रा ...

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved