विजय राईले मतदातासँग गरे प्रतिवद्धता

  • कार्तिक २८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । बराहक्षेत्रका मतदाताले आफ्नो गाउँ टोलको विकासलागी उम्मेदवारसँग प्रतिबद्धता खोजेका छन् । बराहक्षेत्र–५ लक्ष्मीपूबासीले आइतबार घरदैलो कार्यक्रममा आइपुगेका एमाले जसपाका संयुक्त उम्मेदवार विजयकुमार राई समक्ष भौतिक निर्माणका योजनाको माग समेत गरेका हुन् ।

मतदाताको आवश्यकता अनुसार आफुले काम गर्ने प्रतिबद्धता उम्मेदवार राईले गरेका थिए । उनले मतदातालाई सम्बोधन गर्दै देशको विकास गर्ने पार्टी नै एमाले भएको भन्दै यस क्षेत्रमा भएको बाटोको स्तरोन्नती गर्ने, पुल पुलेसा बनाउने तथा सभाहल बनाउने जस्ता कुरामा आफ्नो पहल रहने बताए ।

एमाले पार्टीले समृद्ध नेपाल, सुखी नेपालीको नारा अघि सारेर त्यसकै जगमा देश अघि बढाउने राईले बताए । उनले आफु जनताकै काम गर्न उम्मेदवार भएको भन्दै जित हारको परिणामले काम गर्न आफुलाई नरोक्ने बताए । उनले भने –‘म जित्दा मात्रै काम गर्ने मान्छे होइन, जित हार एउटा प्रकृया हो तर जित्दा धेरै भन्दा धेरै काम गर्न सकिन्छ ।’ घरदैलोको क्रममा मतदाताकोमा पुग्दा मतदाताले आफुसँग धेरै आशा राखेको पाइएको उनले बताए । अन्यले काम भन्दा बढी आश्वासन बाडेको भन्दै गर्न सक्ने काम मात्र गर्छु भन्ने प्रतिबद्धता जनाएको समेत बताए ।

314709380_3348714888789524_2254638081433225844_n

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

युएन नवोदयका विद्यार ...

धरान/ धरानस्थित युएन नवोदय कलेजका दुई विद्यार्थीले ...

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved