‘एमालेको नेतृत्वमा सुकुम्बासी समस्या समाधान हुन्छ’

  • कार्तिक २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान ।नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालका साझा उम्मेदवारहरुले भुमिहीन सुकुम्वासीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमबार धरान १३ स्थित चुनावी घरदलोै अभियानमा पुगको उम्मेदवारहरुले सो कुराको प्रतिवद्धता व्यक्त गरेका हुन् । चुनावी कोण सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर १‘क’ तर्फका उम्मेदवार रमेश कुमार वस्नेतले सुकुम्वासीको समस्या समाधान गर्नको लागि नेकपा एमाले नेतृत्व सरकारले ऐन वनाएकाले कार्यान्वयन गर्नको लागि दुइ मत नभएको वताए ।

उम्मेदवार वस्नेतले भुमिहीन सुकुम्वासी र अव्यवस्थित वसोवास गर्नेहरुलाई पुर्जा प्रदान गर्न ऐन वनिसकेको छ,अव कुनै सुकुम्वासी भुमिहीन हुनु नपर्ने वताए । उनले भने,‘पुर्जा प्राप्त गर्ने गरि ऐन एमाले नेतृत्वको सरकारले वनाएको छ,अव एमाले नेतृत्वको सरकारले कार्यान्वयन गर्दछ,त्यसैले कोही पनि सुकुम्वासीहरु पुर्जा विहीन हुनु पर्ने छैन् ।’

यसैगरी धरान –१३ को सुकुम्वासीहरुको विवरण सुकुम्वासी आयोगले सुचिकृत गरिसकेकाले त्यो पनि एमालेकै पहलमा भएकाले पुर्जा प्राप्त हुने कुरामा ढुक्क हुन आग्रह गरेका छन् । पहिलो स्थानीयत तहको निर्वाचनबाट निर्वाचित भएका धरान उपमहानगरपालिकाका मेयर तारा शुव्वाले धरान १३ बाट नै सुकुम्वासीहरुलाई घर नम्बर वितरणको नयाँ कामको थालनी गरेका थिए ।एमाले जसपा सहितको उम्मेदवार आज घर दैलो अभियानमा धरान १३ मा व्यस्त छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved