एमाले–जसपा गठबन्धन बराहक्षेत्र घरदैलो केन्द्रित

  • कार्तिक २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा जसपाको गठबन्धनले सुनसरी निर्वाचन क्षेत्र नं १ मा पर्ने बराहक्षेत्रमा घरदैलोलाई केन्द्रित गरेका छन् र बराहक्षेत्र ३, ४ र ५ मा नेकपा एमाले–जसपाले चुनावी घरदैलो अभियान सुरु भएको हो ।
एमाले–जसपा तालमेलका उम्मेदवार अशोककुमार राई र प्रदेश सभा १ ‘ख’ का उम्मेदवार विजयकुमार राईसहितको टोलीले बराहक्षेत्रमा घरदैलो गरेको हो । घरदैलो अभियान बराहक्षेत्रका बीचपानी चोक, मिलन चोक, सिमरवन, विशाल चोक, अमाहा सीमसारमा पुगेको थियो । यस्तै, बराहक्षेत्रका तीनकुने, आन्रामठ, धनपुरी, पिडारी र बाङ्गेमा पनि घरदैलो अभियानको क्रममा उम्मेद्वारहरु पुगेका थिए ।

घरदैलो अभियानका क्रममा स्थानीय उत्साहित देखिएको उम्मेद्वारद्धयले प्रतिक्रिया दिए । स्थानीय विद्यार्थी सन्दिप थापाले गाउँको दुःख सुख बुझेका नेताको आवश्यकता भएको र उम्मेद्वार अशोक राईलाई जिताए मन्त्री बन्ने पक्का भएकोले जिताउनुपर्ने धारणा राखे । घरदैलो अभियानमा उत्साहित बनेका बराहक्षेत्रका स्थानीयले विकास, स्थायित्व र समृद्धिका लागि एमाले–जसपाको समीकरणमा मतदान गर्नुको विकल्प नभएको बताए ।

धरान १० मा निर्वाचन प्रचार प्रसार कार्यालय
एमाले जसपाको उम्मेद्वार जिताउन धरान १० मा मा शनिबार निर्वाचन प्रचार प्रसार कार्यलय उद्घाटन गरिएको छ। कार्यक्रमका प्रमुख अथिती सुनसरी क्षेत्र नं. १(१) बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवार रमेश बस्नेतले उद्घाटन गरेका थिए ।

कार्यालय उद्घाटनमा एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट समानुपातिक उमेदवार मोतीराज सुनुवार, नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा मजदुर नेता भिम ज्वाला राई, एमाले जिल्ला सदस्य टिका माङ्गलेङ, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दुर्गामाया लिम्बू ,प्रदेश कमिटी सदस्य तेन्जिङ शेर्पालगायतको उपस्थितिमा कार्यालय उद्घाटन गरिएको हो ।
वडा १० मा रुपा गुरुङको संयोजकत्वमा ३ सय १३ जना रहेको वडा प्रचार प्रसार समिति निर्माण गरिएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved