एमालेले बहुमत ल्याउँछ : नेम्बाङ

  • कार्तिक १८, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम/ नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेले आफ्नै बलबुतामा बहुमत ल्याउने बताएका छन् ।
आफू उम्मेदवार रहेको इलाम निर्वाचन क्षेत्र २ का मतदातासँग फाकफोकथुम–७, एकतप्पामा कुरा गर्दै उनले गठबन्धनका दलले संयुुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसकेको बताए । ‘गठबन्धनका दल अहिले संयुक्त चुनावी घोषणापत्रसमेत ल्याउन नसक्ने अवस्थामा पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय निर्वाचनपछि गठबन्धन थाङ्थिलो भएको छ, चुनाव जित्ने अवस्थामा छैन ।’

नेम्बाङले एमालेले बहुमत ल्याएर मंसिर ४ पछि सरकार बनाउने बताए । ‘मंसिर ४ पछि देशमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्छ,’ उनले भने, ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एमालेको बहुमत आउनबाट कसैले रोक्न सक्ने अवस्था छैन ।’

अहिलेको सत्ता गठबन्धन देश बनाउन नभइ दलीय स्वार्थपूर्तिका लागिमात्रै भएको नेम्बाङको आरोप छ । ‘अहिले अरू दलका धेरै सांसद एमालेमै आउन चाहिरहेका छन्,’ उनले भने, ‘एमालेले चुनावको टिकट दिए अरू दलमा सांसद नै नरहनेगरी अन्य दलका सांसद आकर्षित भएका थिए ।’

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा एमालेले एक्लै सबैभन्दा लोकप्रिय मत ल्याएको भन्दै नेम्बाङले त्यो अनुभवलाई आधार बनाएर एमाले आउँदो चुनावको तयारीमा लागेको बताए । ‘हामी आउँदो निर्वाचनका लागि हिसाब–किताब गरेरै लागेका छौं,’ उनले भने, ‘गठबन्धनले अब एमालेलाई उछिन्ने क्षमता राख्दैन ।’

नेम्बाङले विगतमा एमालेको सरकारलाई अदालतसमेतको षड्यन्त्रमा प्रतिपक्षमा पु¥याइएको भन्दै अहिले गठबन्धनले एमालेसँग आँखा जुधाएर हेर्नसमेत नसकेको बताए । ‘एमालेलाई जनादेशले नभइ षड्यन्त्रले प्रतिपक्षमा पु¥याइए पनि कुनै दुःख लागेको छैन,’ उनले भने, ‘एमालेले त्यतिबेला पनि जनताको आशीर्वाद चाहेको थियो, अहिले पनि जनताको आशीर्वाद लिने विश्वासमै छ, एमाले षड्यन्त्र, छलछाम गर्दैन, जनताको आदेश शिरोपर गर्छ ।’

रोङ गाउँपालिकाको ‘गु ...

इलाम/ हर निर्वाचनमा किसानका समस्या समाधान गर्ने भन ...

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved