वी.पी.र टियुबीच समझदारीपत्रमा हस्ताक्षर

  • कार्तिक १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान स्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस र त्रिभुवन विश्व विद्यालय (टियु) बीच स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ ।

टियु अन्तर्गतको धरानस्थित महेन्द्र वहुमुी क्यापसमा विद्यार्थीहरुलाई प्रतिष्ठानको अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै क्याम्पसमा अध्ययनरत करिब पांच हजार विद्यार्थीहरु लाभान्वित हुने जनाइएको छ ।

प्रतिष्ठानको रजिष्ट्रार कार्यालयमा दुवै पक्षबीच सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा.जगत नारायण प्रसाद र त्रिभुवन विश्वविद्यालयका तर्फबाट मेहन्द्र बहुमुखी क्याम्पस, धरानका प्रमुख दामोदर भण्डारीले सम्झौता हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रम वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सूर्य प्रसाद संग्रौला र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहालको रोहवरमा भएको थियो । सम्झौता कार्यक्रमका अवसरमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्रँध्यापक गोपीकृष्ण खतिवडा, शाखा अधिकृत द्वय नविन्द्रराज भण्डारी, फणिन्द्र प्रसाद निरौला, विद्यार्थी कल्याण प्रमुख लक्ष्मी कृष्ण श्रेष्ठ तथा प्रतिष्ठानका सुपरभाइजर अशोक कुमार साहको उपस्थिती रहेको थियो ।

प्रत्येक शैक्षिक वर्ष प्रति विद्यार्थी वार्षिक अधिकतम एकलाख मात्रको सीमा लागू गरिएको छ भने अस्पतालले विद्यार्थीको स्वास्थ्योपचार गर्दा लागेको खर्चमध्ये विश्वविद्यालय स्वास्थ्योपचार कोषले तोकेको १० प्रतिशत रकम हरेक बिल अनुसार सम्बन्धित विद्यार्थीबाट असुल गरी बांकी रकम मात्र बिल प्राप्त भएकोे १५ दिन भित्रमा महेन्द्र बहुमुखी क्याम्पस धरान मार्फत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट भुक्तानी पाउने सम्झौता पत्रमा उल्लेख छ । मंसीर १ गतेदेखि लागू भएर २०८० साल कात्र्तिक मसान्तसम्म सम्झौता लागू हुने प्रतिष्ठानले जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved