बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका

  • असोज ३१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ दशैँ सकिए लगत्तै तिहार नजिकदै गर्दा शनिवार धरानमा बोर्डबाइजर मेलोडी कन्सर्टको आयोजना हुँदा धराने दर्शकहरुले भरपुर मनोरञ्जन लिए ।
धरानको पब्लिक हाइस्कूलको प्रांगरणमा शनिवार भएको कन्सर्टमा अहिलेकी सर्वाधिक लोकप्रिय गायिका मेलिना राईसंगै धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु, धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र भोइस अफ नेपाल चौथो सिजनकी प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले प्रस्तुति दिएका थिए ।

गायिका मेलीना राईले कम्मरमाथि पटुकी, कुटुमा कुटु , शिरैमा शिरबन्दी, असारे महिना, एक कान दुई कान मैदान , माया बिरानी , तिमीले बाटो फेर्यो हरे, नाच फिरिरी, कसरी–कसरी ,रातो टिका निधारमा जस्ता आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिएका थिए । यस्तै गायक डिल्ली फोम्बोले तिम्रो लागि, माईली, तिम्रो सुन्दरता ,म माया लाउँदिन, आउछु म भनेर, कलिलो तामालाई लगायतका गीतहरु प्रस्तुत गर्दा युवा पुस्ता उनको गीतमा मन्त्रमुग्ध भएका थिए ।

फोम्बोलाई धरानको लोकप्रिय तपस्वी ब्याण्डले साथ् दिएका थिए । त्यसैगरी सुनिता थेगीमले चर्चित लोक आधुनिक गीत बिनायो कंगकंगसँगै बाबरी चलचित्रको चुलबुल तिम्रो बानी,आँखामा आउने सपनी र तिम्रो मुटु पनि लगायतका गीतहरु प्रस्तुत गरेकी थिइन भने लोकप्रिय रियालिटी शो भोइस अफ नेपाल–४ कि चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुले आजभोली तिमीले हिडनेबाटो मोडयौ र हिउँदोको घाम जस्तै लगायतका गीत गाएर दर्शकलाई पस्केकी थिइन् भने गायक शुक्रराज लिम्बुले आफ्नो चर्चित गीत तिम्रो कसम , मान्छे लगायतका गीतहरु प्रस्तुत गरेका थिए ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved