कार्कीलाई घण्टाघर, मेन्याङ्बोलाई खरायो चुनाव चिन्ह

  • असोज २६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रतिनिधिसभा सदस्यका लागि प्रदेश १ का दरिला उमेद्वारका रुपमा मानिएका कुमार कार्कीलाई घण्टाघर चुनावचिन्ह प्रदान गरिएको छ । सुकुम्बासी समस्या समाधानका लागि लड्दै गएका कार्कीलाई धरानस्थित निर्वाचन अधिकतृको कार्यालयले घण्टाघर चुनावचिन्ह प्रदान गरेको हो ।

धरानको पहिचान बोकेको घण्टाघर चुनावचिन्हले कार्कीलाई जितको सुनिश्चितातर्फ लगेको उमेद्वार कार्कीले बताए । उनले भने–‘सुनसरी क्षेत्र नं. १ मा धरानको घण्टाघर नसुन्ने र नघुम्ने प्राय कमै होलान्, सबैलाई घण्टाघर धरानमा कहाँ छ भन्ने कुरामा जोकोहीलाई थाहा छ, यसले मलाई धेरै सहज बनाएको छ ।’

यस्तै प्रदेश नं. १ का अर्का शसक्त उमेद्वार मनोजकुमार मेन्याङ्वोले खरायो चुनाव चिन्ह पाएका छन् । नेकपा एमालेले जसपासँग गठजोड गरेर जसपाका नेता अशोक राईलाई उमेद्वार बनाएपछि असन्तुष्ट जनाउदै बागी उमेद्वार दिएका मेन्याङ्बोले खरायो चिन्ह चुनाव चिन्ह पाएकोमा खुशी व्यक्त गरे । उनले भने–‘म धरानमा नया पनि होइन, आधुनिक धरानको निर्माणमा मेरो भूमिका रहेको छ, अब फेरि म धरानको विकासमा खरायोजस्तै दौडिने छु ।’

 

अब मेचीनगरमा नगद हैन ...

झापा/  करदातालाई अब नगद बोकेर नगरपालिकाको धक् ...

उद्धार गरेर ल्याइएकी ...

मोरङ/ मोरङको ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया ...

बजेट अभावले खोटाङको ...

खोटाङ/ किरातकालीन प्रथम राजा यलम्बरको ११० फिट अग्ल ...

मल भ्रष्टाचार मुद्दा ...

धरान/ रासायनिक मल हिनामिनासम्बन्धी भ्रष्टाचार मुद् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved