स्थानीय निर्वाचनले साना व्यावसायीको व्यापार फस्टायो

  • जेठ ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय निर्वाचनदेखि नै साना व्यवसायीहरुको व्यापार फस्टाएको छ । वैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न भएसँगै धरानमा वैसाख ३१ गतेबाट मत गणना शुरु भएको थियो । मत परिणाम सुन्न धरान १२ पब्लिक स्कुलको प्राविधिक भवनमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिषरको चौरमा सर्वसाधारण लामवद्ध भएर मत परिणामको प्रतीक्षामा बस्ने गरेका छन् । यही घुइँचोलाई मध्यनजर गरी साना व्यवसायीहरुले मौकाको फाइदा उठाएका छन् । मोमो, थुक्पा, चना, चटपटे व्यापार गर्नेहरुले दैनिक हजारौ रुपैया आम्दानी गर्ने गरेका छन् ।

ठेलामा चटपटे राखेर विक्री गर्दै आएका श्याम चौधरीले निर्वाचन अधिकृत कार्यालय अगाडि आएर ठेलामा चटपटे बेच्दा कमाई राम्रै भएको बताए । उनले भने–‘ठीकै छ, यहा आएकाहरुले चटपटे बढी खाने गरेका छन्, चटपटे बनाएर विक्री गर्न नै धौ धौ हुने गरेको छ ।’

यस्तै भनाई अर्का ठेला व्यापारी सत्रुघन साहको पनि छ । उनले समेत यहा फास्टफुड विक्री गर्दा एकै दिनमा अन्यत्र पाच दिन गरेको भन्दा बढी फाइदा भएको बताए । उनले भने–‘यस्तो अवसर बेला बेलामा मात्र आउँछ, ग्राहकलाई चटपटे, चाउमिन बनाएर दिन धौ धौ हुन्छ, व्यापार राम्रै छ ।’ उनले एकै दिनमा ५/७ हजार विक्री गरेको बताए ।

मत गणना ढिलो र सुस्त गतिमा हुदा दिक्क लागेका सर्वसाधारणका लागि चटपटे खाएर भोक मेट्ने कामसँगै समय विताउन सहज भएको सर्वसाधारण बताउछन् ।

धरान १५का सुवर्ण राइ भन्छन्–‘मत गणना असाध्यै सुस्त गतिमा भएको छ, मत परिणाा सुन्न बस्दा असाध्यै भोक लाग्ने गर्छ, ठेलामा चटपटे, मोमो, चाउमिन विक्रीमा राख्दा हामीलाई भोक भेट्नेमात्र हैन, समय विताउन समेत सहज भएको छ ।’

यस्तै भनाई धरान १६ का जीवन लुइटेलको छ । उनले समेत ठेलामा चटपटे लगायतका फास्टफुडका सामाग्री विक्री गर्दा आफूलाई धेरै सहज भएको बताए । उनले भने–‘यहा विक्री गर्न राखिएको फास्टफुडले भोक मेटाउने काम गरेको छ ।’

इटहरीमा बालुवा प्रशो ...

इटहरी/ इटहरी उपमहानगरपालिका–३ स्थित त्रिवेणी ...

मोडर्न प्रीपेरेटोरी ...

इटहरी/ विद्यार्थी तथा शिक्षकहरूलाई लक्षित गरी ट्राफिक स ...

हर्क साम्पाङको लाइसे ...

धरान/ सुनसरी–१ बाट निर्वाचित प्रतिनिधिसभा सद ...

अस्पतालकै अगाडि टिपर ...

दमक/ झापाको दमक नगरपालिका–९ स्थित निम्स अस्प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved