‘भ्यालेन्टाइन डे’मा कस्तो गिफ्ट दिने ?

  • फागुन २, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

माया, प्रेम, पिरती अनि आत्मियताले भरिएको मायाको दिवस अर्थात् भ्यालेन्टाइन डे सोमबार विश्वभर मनाइदैन । चिसो मौसमले अझ साथ छोडी नसक्दा फेब्रुअरी महिनाको यो न्यानो दिन आउँदा धेरै प्रेमिल जोडीहरु उत्साहित भइरहेका छन् । कसैलाई आफूलाई मनपर्ने मानिसलाई प्रेम प्रस्ताव गर्ने हतारो होला भने कसैलाई आफ्नो प्रियजनसँग स्तरीय समय बिताउन योजना बनाउने उत्साह हुनसक्छ ।

प्रेमी जोडीले मायाका भावनाहरु सँगसँगै आकर्षक उपहारहरु साटासाट गर्ने चलन पनि यस दिनको विशेषता हो । भनिन्छ नि उपहार र पुरस्कार सबैलाई मन पर्छ । झन् आफ्नो प्रियजनले दिने आकर्षक उपहार त मुटुको नजिक हुने गर्दछ । हुन त आफ्नो प्रियजनलाई चोखो मनले जे उपहार दिंदा पनि हुन्छ, चोखो मनले दिएको जुनसुकै उपहार विशेष हुन्छ ।

तर, अहिलेको व्यस्त जीवनशैलीको कारणले धेरै प्रेमिल जोडीहरुले आफ्नो प्रेम एक अर्कासँग व्यक्त गर्न सकिरहेका हुँदैनन् । यसरी व्यक्त गर्न नसक्दा प्रेम कम भएको आभाष हुनसक्छ । यस्तो समयमा बढ्दै गरेको दूरीलाई यो भ्यालेन्टाइनमा एउटा आकर्षक गिफ्टले मेट्ने प्रयास गर्नुहोस् । त्यसैले आफ्नो प्रियजनको साथमा भइरहने कुनै सामग्रीलाई उपहार दिने कुरालाई प्राथमिकतामा राख्नु उपयुक्त हुनसक्छ ।

‘भ्यालेन्टाइन डे’ मा प्रेमी प्रेमिकाले सबैभन्दा धेरै रातो गुलाफ आदानप्रदान गर्ने गर्छन् । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ । त्यसैकारण, गिफ्ट जे दिएपनि त्यो गिफ्टसँग अनिवार्य एउटा रातो गुलाफ दिनु उचित रहन्छ ।
टाढा हुनुहुन्छ भने तपाईंलाई कुनै न कुनै माध्यमबाट आफूले माया गर्ने मान्छेलाई उपहार पठाउने सोचले सताएको हुनसक्छ, भेट्न नसकेपनि गिफ्ट पठाएर आफ्नो माया व्यक्त गरे भ्यालेन्टाइनको विशेष अवसर फिक्का नजाला ।

हुन त भ्यालेन्टाइनलाई प्रेमी प्रेमिकाको दिवसको रुपमा मात्र हेर्न जरुरी छैन । यो मायाको दिवस हो, माया आफ्नो आमा, बुवा दिदी बहिनी या दाजुभाइसँग पनि हुनसक्छ । तसर्थ, भ्यालेन्टाइन विशेष उपहार आफ्नो प्रिय मानिसलाई पठाउदै एक कल फोन गरेर मिठो कुराकानी गरी समेत यो भ्यालेन्टाइनलाई विशेष बनाउन सक्नुहुनेछ ।
१. चकलेट, टेड्डी र गुलाफ
प्रायजसो छोरी मान्छेहरुलाई अत्यन्त मन पर्ने कुरा भनेको चकलेट र टेड्डी हो । चकलेटको स्वाद र टेड्डीको आभाषको साथमा रातो गुलाफ तपाईंको प्रेमिकाको लागि आकर्षक भ्यालेन्टाइन गिफ्ट हुनसक्छ ।
२. कस्टमाइज्ड कप र कुशन
आफ्नो प्रियजनलाई मनपर्ने तस्वीरहरु छापेर कप र कुशन गिफ्ट स्वरूप दिन सकिन्छ । कप र कुशन लामो समय सम्म आफ्नो साथ नै रहने हुँदा यो भ्यालेन्टाइनको सम्झना लामो समयसम्म रहन सक्छ ।
३. कस्टमाइज्ड चकलेट
आफ्नो प्रेम सम्बन्धलाई चकलेटको स्वाद जतिकै मिठो बनाउन चाहनुहुन्छ भने आफ्नो प्रेमी प्रेमिकालाई चकलेट बक्समा सुमधुर अनि रोमान्टिक सन्देश लेखेर समेत गिफ्ट दिन सक्नुहुनेछ ।

नेपाल आज हङकङसँग भिड ...

काठमाडौं/आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन ...

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved