बीपीका कर्मचारी, चिकित्सक जता मल्खु उतै ढल्कु

  • माघ १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  पद र शक्तिको पछि नकुद्ने को होला ? अझ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र त यो कुरा लागू नहुने कुरै भएन । प्रतिष्ठानभित्र स्वार्थ बोकेका यस्ता कर्मचारीहरु ‘जथा मल्खु उतै ढल्कु’ को उखानझै चरितार्थ उतार्ने गरेका छन् । पछिल्लो पटक मन्त्रालयले उपकुलपति डा. गिरीलाई प्रतिष्ठानको काम कारबाहीमा रोक लगाए पनि प्रतिष्ठानको कामलाई सुचारु गर्ने अभिप्रायले स्वास्थ्य मन्त्रालयका कर्मचारी डा. श्याम सुन्दर यादवलाई स्वास्थ्य मन्त्रालयले पठाएको छ । तर अचम्म कुरा त के भने विगतमा उपकुलपति डा. गिरीको हनुमान भएर अघिपछि भएर हिड्नेहरु नै डा. श्यामसुन्दर यादवको स्वागत गर्न सबैभन्दा अगाडि सरेका थिए ।

यसरी अगाडि सर्नेमा डा. विश्वनाथ यादव, डा. अशोक यादव, डा दिपक यादव, टेक्निसियन जितेन्द्र यादव, नर्सिङ शिक्षक उपेन्द्र यादव रहेका थिए । उनीहरुको चरित्र देख्दा प्रतिष्ठानभित्र काम गर्ने इमान्दार, चिकित्सक, कर्मचारीहरु अचम्मित मात्र बनेका थिएनन् उनीहरुको द्वैध चरित्रका कारण लज्जित समेत बनेका थिए । प्रतिष्ठानकै एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने–‘आफ्नो काम बनाउन हिजो डा. गिरीको पछि लाग्नेहरु आज डा. श्यामसुन्दर यादवको पछि लागेका छन् । उनीहरु शक्तिको पछि लागेर आफ्नो स्वार्थ पूरा गर्नमात्र त्यसरी लागेका हुन् ।’

उनले उनीहरुको कुरा सुनेर प्रतिष्ठानको जिम्मेवारी सम्हाल्न आएका यादव पछि लागे भने विगतमा पदाधिकारीहरुले भोगेजस्तै नियति भोग्नुपर्ने अवस्था आउने बताए । प्रतिष्ठानको ऐन कानूनमा उल्लेख नगरिएको अधिकार लिएर आएका डा. श्यामसुन्दर यादवको आर्थिक प्रशासनिक निर्देशन पालना गर्दा भोलि अख्तियारको कठघरामा परिने हो कि भनेर प्रतिष्ठानका केही कर्मचारीहरु भने त्रासमा छन् । डा. यादव प्रतिष्ठान आउने वित्तिकै अदालतमा मुद्धा दायर गर्न पुगेका डा. गिरीले अन्तरिम आदेश लिएर आए भने फेरि उनकै पछि दगर्नुपर्ने अवस्था आउने भन्दै अहिले दोधारे चरित्र देखाउन थालेका छन् ।

गिरीको पद गएको खण्डमा आफ्नो कमाउ धन्दा गुम्ने हो कि डर केही कर्मचारीहरुमा रहेको र उनीहरु त्यही धन्दालाई निरन्तता दिन डा. यादवको पछि लागेर निरन्तता दिने उद्देश्य बोकेर ती कर्मचारीहरु डा. यादवको पछि लागेको आशंका प्रतिष्ठानकै एक कर्मचारीले लगाएका छन् ।

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved