बीपीका २ सय १६ स्वास्थ्यकर्मी संक्रमित

  • माघ ९, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अहिले सम्म २ सय १६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा. विकास साहले दिएको जानकारी अनुसार बिहीबार, शुक्रवार र शनिवार गरी अहिले सम्म एनेस्थेसिया, सर्जरी, मेडिसिन, डर्मा, इएनटी, आई, अर्थाेपेडिक, पिडियाट्रिक, गाईनो, साईकेटिक, इमरजेन्सी र प्याथोलोजी विभागका ८१ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी नर्स १ सय १४ जना, हेल्पर १६ जना र हेल्थ एडका ५ जना गरी जम्मा २ सय १६ जनामा कोरोना संक्रमण भएको छ ।

धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भए पनि प्रतिष्ठानले आफूले दिने सेवा प्रवाह गरिरहेको डेपुटी अस्पताल निर्देशक डा. साहले बताए । उनका अनुसार केही शल्यक्रिया गर्ने डाक्टर नै संक्रमित हुन पुगेका छन् । अस्पतालमा कम जनशक्तिले सेवा प्रवाह गरी रहेकाले प्रतिष्ठानमा उपचारमा आउने सर्वसाधारणलाई टेलिफोन लगायतबाटै घरैबाट स्वास्थ्य परामर्श लिन डा. साहले आग्रह गरेका छन् ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved