धरान । नेपालकी चर्चित पप गायीका शिवानी मोक्तानले शुक्रवार धरान १५ स्थित वगरकोटमा प्रस्तुती दिने भएकी छिन् ।
खुकुरी म्युजिक नेसनको सहयोगमा उनलाई एमएच लाउन्ज एण्ड वारले वगरकोटमा ल्याएको हो । नाइटलाइफको लागि पुर्वकै चर्चित स्थलको रुपमा विकसित वन्दै गइरहेको वगरकोटको पर्यटन प्रर्वद्धन गर्नका लागि राष्ट्रिय कलाकार सिवानि मोक्तानलाई प्रस्तुतिका लागि ल्याइएको वगरकोट व्यवसायी मञ्चका अध्यक्ष एवं एम एच लाउन्जका प्रोपराइटर जिवन मन्या¨वोले वताए ।
उनले भने, ‘वगरकोटमा रमाइलो गर्न आउनेहरुलाई मध्यनजर गरेर हरेक महिना चर्चित कलाकारहरु ल्याउने गरेका छौ, केहि समय अघि पनि एमएचले सविन राई एण्ड द फराओ व्याण्ड ल्याएको थियो ।’ अंग्रेजी नयाँ वर्षको समय प्रायः दिनहुँ जसो वगरकोटको वारहरुमा चर्चित कलाकारहरुको प्रस्तुती रहेको उनले वताए ।
सिवानि अन्तरा व्याण्ड सहित प्रस्तुतिका लागि आएकी हुन् । साँझ सात वजे देखि सुरु हुने सांगितिक कार्यक्रममा सिवानिले प्रस्तुति दिनु अघि उनको अन्तरा व्याण्डले कभर गितहरु गाउने छन् । सांगितिक माहौलमा रमाउन आउने दर्शकहरुको सुविधाका लागि एमएचले टेवल वुकि¨ खुला गरेका छन् ।
बगरकोटको वारहरुमा स्थानीय ब्याण्डहरुको दैनिक लाइभ म्युजिक प्रस्तुति हुने अध्यक्ष मेन्या¨वोले वताउँछन् । व्यवसायीक रुपमा उनीहरुकोे प्रस्तुतिले धरानका कलाकारहरुको प्रतिभा विकासमा समेत सहयोग पुगिरहेको मेन्या¨वोले वताए ।