विजेता खेलाडीहरू एम्सद्वारा सम्मानित

  • पुस १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गर्ने ‘हिसान स्पोर्ट्स मिट’ अन्तर्गत छात्रतर्फ बास्केटबलमा उपाधि जित्न सफल आफ्ना छात्रहरूलाई एम्स एकेडेमीले आइतबार सम्मान गरेको छ ।

कलेज परिसरमै आयोजित कार्यक्रममा उनीहरूलाई खदा ओढाइदिँदै अबिर लगाएर सम्मान गरिएको हो । डिपो माविको बास्केटबल कोर्टमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा छात्र बास्केटबलतर्फ एम्सका विद्यार्थीले हिमालयन स्कुलका विद्यार्थीलाई पराजित गर्दै उपाधि रक्षा गरेका हुन् । एम्सले लगातार तेस्रोपटक छात्रतर्फ बास्केटबलको उपाधि जितेको हो ।

269260136_4828115007231561_7407155275102730704_n

 

सम्मान कार्यक्रममा एम्सका व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले विद्यार्थीहरूका प्रतिभालाई अवसर प्रदान गर्न कलेज सदैव तत्पर रहने बताए । उनले विजेता खेलाडीहरूलाई राष्ट्रिय प्रतियोगितामा पु¥याउन पनि सक्दो प्रयास गर्ने जानकारी दिए । त्यस क्रममा समाजसेवा एवम् शिक्षासेवी आशिष मास्केले विजेता खेलाडीहरूलाई जनही १ हजार रुपैयाँ प्रदान गरे । खेलाडीहरूलाई प्रोत्साहन दिन आपूmले नगद प्रदान गरेको सुनाए ।

कलेजका प्राचार्य मित्र तामाङ, हेमन्त भण्डारी, शिक्षासेवी मास्के तथा शिक्षक–शिक्षिकाहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गरेका थिए । प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडी र सर्वाधिक व्यक्तिगत स्कोरर एम्सका निशान तामाङ भएका थिए ।

269855975_3116118161994428_5464044610140500210_n

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved