२०२१ लाई फर्केर हेर्दा : विश्वका चर्चित ‘टप टेन’ घटना

  • पुस १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

काठमाडौं/ सन् २०२१ को बारेमा एउटा राम्रो घटना भएका मान्न सकिन्छ । किनभने यो वर्ष २०२० मा जस्तो उतार–चढावको घटना खासै भएका छैनन् । २०२० लाई हालसम्मकै खराब वर्ष मध्येको एक भएको दावी गरिदै आएको छ । विगतका १२ महिनाले केही राम्रा समाचार ल्याएका छन् । वास्तवमै गृष्मकालीनको सुरुमा कोभिड–१९ रियर भ्यू मिररको रुपमा देखा पर्‍यो । २०२१ मा केही खराब घटना पनि भएका छन् । यस लेखमा चर्चामा रहेको २०२१ को ‘टप टेन’ घटना समेटिएको छ ।

१०. अउकस (Aukus) डिल
​ सेप्टेम्बर १५ मा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले संयुक्त रुपमा नयाँ त्रिपक्षीय सुरक्षा साझेदारीको घोषणा गरे । यो साझेदारीलाई ‘अउकस’ नाम दिइएको छ । यो सम्झौताको सर्वाधिक महत्त्वपूर्ण पक्ष भनेको अमेरिकाले अस्ट्रेलियालाई ८ परमाणु शक्ति भएको सबमरिनको निर्माण गर्न प्रविधि दिने प्रतिबद्धता जनाएको छ ।
समान किसिमको अमेरिकी प्रविधि प्राप्त गर्ने अस्ट्रेलिया दोस्रो मुलुक भएको छ । यो प्रविधि संयुक्त अधिराज्यले पनि पाइसकेको छ । यो प्रविधि यी दुई मुलुकलाई दिनुलाई इन्डो–प्यासिफिकमा सुरक्षा र स्थिरता कायम राख्नु भनिएको छ ।

यी तीन नेताहरु कसैले पनि चीनको नाम उच्चारण गरेका छैनन् । अउकसलाई बढ्दै गरेको चीनको प्रतिक्रियाका रुपमा लिइएको छ । बेइजिङले यो सम्झौतालाई बेइजिङ विरुद्धको भएको बताएको छ । यो अत्यन्त गैरजिम्मेवार र धु्रविकरण भएको आरोप चीनको छ । तर यो सम्झौताबाट दुःखी हुनेमा चीन एक्लो भने पक्कै पनि होइन । फ्रान्सले अउकसले अस्ट्रेलियासँग २०१६ मा डिजेलबाट चल्ने दर्जनौ सबमरिनको निर्माणका लागि ३७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । अउकसले यो ३७ अर्ब डलरको सम्झौता चुरोटको धुँवा उडाएजस्तै हुने दावी फ्रान्सको छ ।
परिणामस्वरुप पेरिसले क्यानबेरा र वासिङ्टनका आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको छ । यो द्विपक्षीय सम्बन्धमा विचारै नगरी गरिएको सम्झौता भएको आरोप फ्रान्सको छ ।

९.आप्रवासन संकटले धनी देशको परीक्षा

अन्तर्राष्ट्रिय आप्रवासन २०२० मा ओरालो लागेको थियो । कोभिड–१९ ले गर्दा २०२१ मा पनि यस्तै प्रवृत्ति देखा पर्यो । यद्यपि यो आप्रवासन संकटको रुपमा परिणत भएन । यो दक्षिणी अमेरिकी सीमामा सानो रुपमा मात्रै देखा पर्यो । अक्टोबरमा अमेरिकामा अवैध रुपमा प्रवेश गर्ने मानिसको संख्या १७ लाख भन्दा माथि रह्यो । यो अघिल्लो वर्षको तुलनामा मात्र बढी नभई १९६० पछिको सर्वाधिक संख्या हो । कोभिड–१९ ले आर्थिक कठिनाई, राजनीतिक र प्राकृतिक घटना, हाइटीका राष्ट्रपतिको हत्या र बारम्बारको भूकम्पले हाइटीका हजारौ जनता आप्रवासनमा जाने क्रममा वृद्धि भयो । तर बाइडेन सरकारले ट्रम्प प्रशासनको तुलनामा आप्रवासनलाई केही मात्रामा भएपनि नरम व्यवहार देखायो । यद्यपि बाइडेन प्रशासनले आफ्ना पूर्व शासकहरुको जस्तै गैर आप्रवासन नीतिलाई निरन्तरता दियो ।

युरोपेली संघका अनुसार अवैधानिक रुपमा प्रवेश गर्नेको संख्या २०२० को तुलनामा ७० प्रतिशतले वृद्धि भएको छ । केही आलोचकहरुले ईयूले आप्रवासीलाई सहयोग गर्ने आफ्नो जिम्मेवारीमा असफल भएको तर्क राखेका छन् । फ्रान्सबाट इङलिस च्यानल पार गरेर आउनेको संख्यामा भएको वृद्धिले पेरिस र लन्डनबीचको कुटनीतिक विवाद चर्काएको छ ।

विश्वका लगभग ८ करोड ४० लाख मानिस उनीहरुको घरबाट बाध्यात्मक रुपमा विस्थापित भएका छन् । द्वन्द्व, आर्थिक रुपमा टाट पल्टने र जलवायु परिवर्तनले यो संख्यालाई झनै बढाएको छ ।

८. इरानको परमाणु कार्यक्रममा वृद्धि

तात्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सम्झौताबाट पछि हटेको ३ वर्षपछि इरानसँगको परमाणु सम्झौतालाई पुनः ब्यूँताउन सकिने आशाको रुपमा यो वर्ष सुरु भएको थियो । ट्रम्पको इरानप्रतिको नीतिलाई आत्मघाती संकट भएको भन्दै जो बाइडेन सत्तामा आए । यदि इरान सम्झौतामा बस्न चाहन्छ भने उनले पनि सम्झौतामै फर्कने प्रतिबद्धता जनाएका छन् । फेब्रुअरीमा युरोपेली संगठनले पुनः छलफलमा जान आमन्त्रण गरेपछि बाइडेन प्रशासनले पनि स्वीकारेको छ । तेहरान र वासिङटनबीचको कुटनीतिक ढिलाईले अप्रिलसम्म कुराकानी गर्ने विषयमा बिलम्व भएको छ ।

अप्रिलको मध्यमा इरानको परमाणु भट्टीमा भएको विष्फोटले इजरायलले क्षति पुर्याएको मानिएको छ । यसले गर्दा इरानले युरेनियमको प्रशोधन ६० प्रतिशतसम्म पुर्याएको छ । यो तह भनेको नागरिकले प्रयोग गर्ने भन्दा बढी हो । भलै यो हतियार बनाउनका लागि पर्याप्त नहोस् । आगामी वर्षको जुनमा हुने इरानी राष्ट्रपतिको चुनाव अगाडि ५ चरणको छलफल भइसकेको छ । यसले कडा नीति अवलम्वन गर्ने इब्राहिम राइसीलाई चुनाव जिताउन सहयोग गर्नेछ । यद्यपि उनले सम्झौता नजिकै भएको भन्ने विषय अस्वीकार गरेका छन् ।

७. धरमरमा परेको आपूर्ति श्रृंखला

आपूर्ति श्रृंखला २०२१ मा पारिवारिक शब्दावलीको विषय बनेको छ । दसकौंसम्म व्यवसायीहरुले आउटसोर्सिङ उत्पादन सफलताका लागि प्रमुख मान्दै आएका छन् । यो रणनीतिले काम पनि गर्यो । कम्पनीहरुले आफ्नो आपूर्ति श्रृंखलालाई सुधार पनि गरे । लागत कम भयो र नाफामा वृद्धि भयो । त्यसपछि पुनः कोभिड–१९ आयो ।

यसले आपूर्ति श्रृंखला पुनः ओरालोतर्फ लागेको देखाएको छ । आपूर्ति रोकिनाले घर घरमा अभावको सिर्जना हुन थाल्यो । जब महामारीले पहिलो पटक असर देखायो, कारखानाहरु बन्द भए र कतिपय कम्पनीहरुको मौज्दात पनि ओरालो लाग्यो । खोप सर्वसुलभ हुन थालेपछि २०२१ मा उपभोक्ताको मागमा वृद्धि हुन थाल्यो । तर कतिपय कम्पनीहरुले आफूहरुलाई पार्टस र आपूूर्तिको मामिलामा सानो बनाउन थाले ।

६. सत्तामा तालिवानको फिर्ती

अफगानिस्तानमा २० वर्ष अगाडि अमेरिकाले सुरु गरेको अमेरिकी युद्धको अन्त्य भएको छ । यसपछि तालिवान सत्तामा आएको छ । २०२० मा राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँग गरेको एक सम्झौता अनुसार तालिवानले २०२१ को मे १ सम्म सबै अमेरिकी सेना फिर्ता लैजाने माग राखेको थियो । समय सीमाको २ साता अगावै राष्ट्रपति जो बाइडेनले सबै अमेरिकी सेना फिर्ता लाने आदेश दिए । अमेरिकी सेना २०२१ को सेप्टेम्बर ११ भन्दा पछि जान नहुने उनले बताएका थिए । यो दिन भनेको ९र११ को वार्षिकी थियो । फिर्ती प्रक्रिया सुरु भएपछि अफगानिस्तानको राष्ट्रिय सेना समाप्त भयो र तालिवानले देश हाँक्न थाले ।

५. इथियोपियाको गृहयुद्ध झनै खराब

इथियोपियाका प्रधानमन्त्री अबिइ अहमद २०१९ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएका थिए । छिमेकी मुलुक इरिट्रियासँग शान्ति कायम गरेको आधारमा उनलाई यो पुरस्कार प्रदान गरिएको थियो । तर शान्ति कायम गरेको दुइ वर्ष नपुग्दै इथियोपिया नराम्रो गृहयुद्धमा फस्यो । लडाईंको तात्कालिक कारण २०२० को नोभेम्बरमा अबिइले इथियोपियाली सेनालाई टिग्रेको उत्तरी प्रान्तमा आक्रमणका लागि आदेश दिनु थियो । सेनाको टाग्रे पिपुल्स लिबरेसन फ्रन्ट ९टीपीएलएफ० ले संघीय सेनाको बलमा लुटपाट गरेको थियो ।

४. विश्वव्यापी रुपमै प्रजातान्त्रिक क्षतिको निरन्तरता

प्रजातान्त्रिक शासनको विश्वव्यापी क्षतिले २०२१ मा पनि निरन्तरता पाएको छ । यो क्रम २००६ देखि नै चल्दै आएको थियो । लामो अवधिदेखि प्रजातन्त्रको नायक बन्दै आएको अमेरिका पनि आफ्नो शक्तिमा शान्तिपूर्ण रुपान्तरणमा पहिलो पटक अवरोध आएको अवस्थामा आफूलाई पाएको छ । जनवरी ६ मा उसले पनि विद्रोहको अवस्था खेप्नु परेको थियो । यसमा केही राज्यहरुमा भोटिङको अधिकार र विधायकहरुलाई चुनावी नतिजा उल्टाउन पाउने अधिकार रहेका छन् । यो असोचनीय कुरा थियो र अमेरिकालाई पनि ‘ब्ल्याकसाइडिङ डेमोक्रेसी’को नामकरण गरिएको छ ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आलोचकहरुमाथि खनिए । यसले फ्रिडम हाउसलाई भारतलाई स्वतन्त्रबाट आंशिक स्वतन्त्रको रुपमा तल झार्यो । रिपोर्टस विथआउट बोर्डर्स संस्थाले भारतलाई पत्रकारहरुले आफ्नो कार्यक्रम उचित तरिकाले गर्न नपाउने विश्वकै सर्वाधिक खराब राष्ट्रहरु मध्येको बनायो ।

३. अमेरिकी राष्ट्रपतिको रुपमा जो बाइडेनको उदय 

‘अमेरिका इज ब्याक’ जो बाइडेनले यो कुुरालाई २०२१ मा बारम्बार दोहोर्याए । उनी अमेरिकी गठबन्धनसँगको सम्बन्ध बलियो बनाउने प्रतिबद्धता पूरा गर्न आतुरमा कार्यालयमा पदासीन भए । उनले अमेरिकालाई पेरिस जलवायु सम्झौता र विश्व स्वास्थ्य संगठनमा फर्काए, जुन पाँच वर्षका लागि नविकरण भयो । इरानसँगको परमाणु सम्झौता पुनः सुरु गर्न र यमनमा आक्रामक सैन्य सञ्चालनका लागि हुँदै आएको सहयोग अन्त्य भएको घोषणा पनि गरे । यी कदमहरु पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको अमेरिकी पहिलो नीति भन्दा पर थियो । चीन र उसको व्यापार जस्तो एउटा जल्दोबल्दो संवेदनशील विषयमा बाइडेनको विदेश नीतिहरु उनको पूर्व राष्ट्रपतिहरुको तुलनामा फरक खालका छन् । बाइडेनले विशेष गरी युरोपका कतिपय मित्रहरुलाई पनि सतर्क गराएका छन् । यो एकपक्षीय कदमको रुपमा रहेको छ । उनले प्रमुख एक्सएल पाइपलाईन रद्ध गरे । अफगानिस्तानबाट फिर्ता भए । खोपका लागि बौद्धिक सम्पत्तिको अधिकार पुनः एकीकरणको विषयलाई समर्थन गरे ।

२. कोभिड–१९ को खोप 

जुन रफ्तारमा कोभिड–१९ को खोप विकास गरियो, त्यो साहसिक नै हो । ऐतिहासिक रुपमा खोप विकास गर्न १० देखि ५० वर्ष लाग्ने गरेको छ । यो भन्दा पहिले छिटो रुपमा विकास गरिएको खोप भनेको ४ वर्षमा विकास गरिएको हाणीको खोप थियो । कोभिड–१९ को खोप एक वर्ष भन्दा कम अवधिमा विकास गरिएको छ । अझ महत्वपूर्ण कुरा प्रमुख कोभिड–१९ को खोपले अत्यन्त प्रभावकारी रुपमा काम पनि गरेको छ । फाइजर र मोडर्ना खोप दुवै सुरुका कोभिड–१९ भेरियन्टमा ९० प्रतिशत भन्दा बढी प्रभावकारी भएका छन् । १८४ मुलुकमा ७।४ अर्ब भन्दा बढी डोज पठाइ सकिएको छ, यो पनि २०२१ को सुरुका ११ महिनामा । यसमा ७० मुलुकले चन्दा वा सहयोगको रुपमा उपलव्ध गराएका छन् ।

१.देशहरु पुनः जलवायु परिवर्तनको चुनौतीमा असफल

‘अ कोड रेड फर ह्युुमानिटी’ यो यूएन महासचिव एन्टोनियो गुटरेले अगस्टमा सार्वजनिक गरेको यूएन रिपोर्टले गरेको व्याख्या हो । यो रिपोर्टको निस्कर्ष छ कि तातो बनाउने ग्यासबाट आउने प्रदूूषण नघटेमा मानवले विनासकारी जलवायुु परिवर्तनको सामना गर्नुपर्नेछ । तर कसैले पनि यसको बारेमा जान्न४ हजार पृष्ठ लामो रिपोर्ट पढ्नु आवश्यक छैन ।

२०२१ मा अत्यासलाग्दा समाचारको बर्चस्व रह्यो । यो गत दसकको तुलनामा धेरै हो । अमेरिकाको दक्षिण–पश्चिममा खडेरी लाग्यो । बेल्जियम र पश्चिम जर्मनीमा बाढीले विनासकारी रुप लियो । ग्रीसको जंगलमा आगलागी भयो । ढिलो गरी आएको मनसुनले भारत र नेपाललाई तहस नहस बनायो । जलवायुप्रति आशावादीहरुले २०२१ मा खुसी हुनका लागि केही विकास पाउन सक्थे होला । अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकालाई पेरिस जलवायु सम्झौतामा आफ्नो कार्यालय प्रवेशको पहिलो दिनमै पुनः आबद्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

चीनले पनि सेप्टेम्बरमा विदेशमा कोइलाजन्य उर्जा प्लान्टको वित्तीय सहयोगलाई निरन्तरता नदिने विषयमा सहमति जनाइसकेको छ । आइसल्यान्डले कार्बनडाइ अक्साइड बहाव बाहिर पठाउन प्लान्टको व्यवस्था गरेको छ । ६ नोभेम्बरमा जलवायुु परिवर्तनलाई सम्बोधन गर्न ग्ल्यासगोको कोप–२६ को बैठकमा प्रतिबद्धता जनाएका छन् । यसमा मिथेन प्रदूषण पनि कटौती गर्ने विषयलाई पनि समावेश गरिएको छ । तर प्रतिबद्धता पुरा भएको छैन । विश्वव्यापी अर्थतन्त्र चलायमान भएसँगै २०२१ मा कार्बन प्रदूषण ह्वात्तै बढ्न थालेको छ । साभारः रातोपाटी

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved