चिसोमा विरामी कुरुवालाई सास्ती

  • पुस १२, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/ चिसो बढेसंगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामी लिएर आएका कुरुवालाई समस्या हुने गरेको छ । चिसो मौसमकै कारण रुघाखोकी, ग्यास्टिक, श्वासप्रश्वासका समस्या विरामीका कुरुवाहरुलाई देखिन थालेको छ ।

सप्तरीका रामविलास यादवले बाबुलाई पेटको समस्या भएपछि एक महिना अघि उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा १५ दिनदेखि बाबु सुखीलाल मेडिसिन वार्डमा भर्ना भएका छन् । बाबुको कुरुवामा बसेका उनी अहिले चिसोकै कारण विरामी परेका छन् । चिसोका कारण रुघाँ खोकी लाग्ने र टाउँको दुखेको उनी बताउ“छन । उनी भन्छन्, ‘लगातार चिसो भुईमा म्याट्रेस ओछ्याएर सुतेको १५ दिन भयो, अहिले त खोकी लाग्ने, टाउँको दुख्ने हुन थाल्यो ।’

विरामीलाई कुर्नुपर्दा आफै विरामी परेको मेडिसिन वार्डकै कुरुवा तेन्जिङ शेर्पा बताउँछन् । संखुवासभाबाट दाजु फुर्वालाई हरनिया भएपछि शल्यक्रियका लागि उनी आएका हुन् । उनी पनि करिब ७ दिनदेखि विरामी दाजुको रेखदेखमा छन् । उनी भन्छन्, ‘मलाई अहिले चिसोकै कारण होला, पेट दुख्ने, झाडा पखाला लाग्ने समस्या भइसकेको छ ।’ चिसो भुईमा म्याट्रेस ओछ्याएर सानो दरी ओढेर सुत्नुपर्दा समस्या आएको उनी बताउँछन् ।

प्रतिष्ठानमा आफन्त विरामीलाई उपचारमा लिएर आउने कुरुवाहरु चिसोकै कारण समस्यामा पर्ने गरेका छन् । प्रतिष्ठानभित्र रहेका मेडिसिन, सर्जिकिल, इएनटी, आँखा, हाडजोर्नी लगायतका वार्डहरुमा कुरुवाको रुपमा बसेकाहरु आफै विरामी पर्ने गरेका छन् ।

लालीगुरास नगरपालिका वडा नंं १ का दिपक पौडेल बिरामी कुरेर लामो समयसम्म प्रतिष्ठानमा बस्नुपर्दा आफै विरामी भएको बताउँछन् । उनले विरामीलाई मात्र हैन विरामीका कुरुवाका लागि व्यवस्थित बासस्थानको व्यवस्था प्रतिष्ठानले गर्नुृपर्ने उनीहरु बताउँछन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved