धरानका मेयर राईले आश्रमका बालबालिकाहरु भेटे "शैक्षिक भ्रमणका लागि ४० हजार रुपैयाँ सहयोग"

  • कार्तिक २०, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले श्री सरस्वती बाल आश्रममा आश्रित बालबालिकाहरुसँग भेटघाट तथा शुभकामना आदान प्रदान गरेका छन् ।

शुक्रबार मेयर राईले धरान वडा नं. स्थित बाल आश्रम मै पुगेर आश्रित बालबालिकाहरुलाई भेट् गरेका हुन् । आश्रित बालबालिकाहरुसँग मेयर राईले आफ्नो अनुभवहरु साटासाट गरेका थिए । बालबालिकाहरुले मेयर राईलाई कात्तिक २२ गते शैक्षिक भ्रमणमा जाने जानकारी गराएका थिए । मेयर राईले तिहार, नेपाल सम्वत तथा छठ पर्वको शुभकामना दिदैं बालबालिकाहरुलाई अध्ययनमा निरन्तरता दिन आग्रह समेत गरेका थिए । शैक्षिक भ्रमणमा जादाँ एक÷एक वटा नोट बुक बोकेर रिपोर्ट गर्न पनि आग्रह गरे । मेयर राईले आगामी दिनमा आश्रममा रहेका बालबालिकाका लागि नगरपालिकाले थप सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

248892563_416558450074161_2043031674438253886_n

आश्रमका पूर्व अध्यक्ष एवं धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य विकास वनेपालीले आश्रममा आश्रित बालबालिकाहरुको शैक्षिक भ्रमणका लागि मेयर राईले ४० हजार रुपैयाँ प्रदान गरेको जानकारी दिए । उनले कात्तिक २२ गते देखि २८ गतेसम्म पोखरा, लुम्बिनी, पाल्पा लगायतको स्थानमा शैक्षिक भ्रमणमा जाने जानकारी दिए । उनले भने, ‘जनतासँग मेयर कार्यक्रम भने जस्तै आश्रमका बालबालिकाहरुसँग मेयर कार्यक्रम गर्ने भनेर दशै अगाडी देखि नै कोशिस गरेका थियौं । तर, भाईटिकाको पूर्व सन्ध्यामा भेटघाट तथा शुभकामना आदान प्रदान गर्ने कार्यक्रम जर्यो ।’ भेटघाट कार्यक्रममा आश्रित बालबालिकाहरुले गायन, नृत्य, बिटबक्स जस्ता प्रतिभाहरु प्रस्तुत गर्नुका साथै देउशी समेत खेलेका थिए । बालबालिकाहरुलाई दक्षिणा स्वरुप मेयर राईले ३ हजार रुपैयाँ प्रदान गरेका थिए ।

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

प्रेम सम्बन्धको तिक् ...

सिरहा/ सिरहाको गोलबजारमा प्रेम सम्बन्धको विवादले ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved