धरानमा छुवाछूत कायमै "चिया खान गएका एक दलित युवालाइ पानबारीको एक खाजाघरमा विभेद"

  • कार्तिक १८, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानलाइ करिब १२ वर्ष अघि छुवाछुत मुक्त नगर घोषाणा गरिए पनि अझै गाउँ घरमा छुवाछुत कायमै रहेको छ । उपमहानगर बने पनि गाउँ घरमा छुवाछुतको जरो अझै उखेल्न सकेको छैन । आज धरान ६ स्थित पानबारीको सिमल चोकमा रहेको एक होटल एक दलित युवा माथी जातियताको आधारमा विभेद भएको छ ।

सिमल चोकमा घर बनाउदै गरेका धरान –१५ का रविन लोहोरलाई चिया खान जादा होटलकी साहुनी मिना श्रेष्ठ(राई) ले विभेद गरेकी हुन । श्रीमती सहित होटलमा खाजा नास्ता पाउँछ भन्ने थाहा पाएर पुगेका थिय ।

बाहिर होटलवाला नदेखे पछि घरसँग जोडिएको खाजा र चिया वनाउने सामान्य बाँसको टाटीले बारेको खुल्ला स्थानबाट होटल सञ्चालकलाई बोलाउन गएका थिए । किचनबाट छिरेको देखेपछि होटल साहुनी मिनाले रविनलाई किन यहाँबाट छिरेको, अब मेरो होटलमा कोही पनि खाजा र चिया खान आउँदैनन् भनेर हप्काउदै बाहिर निकालेकी थिइन ।

रबिनले भने,` यहाँबाट किन छिरेको अब यहाँ कोही आएर कसैले चिया खाँदैनन््, यहाँ त्यस्तो चल्दैन, भन्दै बाहिर निकाल्नु भयो ।´ पीडक मीना श्रेष्ठ (राई) ले घटना स्वीकार गरेकी छिन् । उनले भनिन्, ` उहाँ छिरेरे मलाई बोलाएपछि यहाँ किन आएको मेरोमा चिया कसैले खाँदैनन्, यो वस्तीमा नै त्यस्तो छ भनेको हो ।´

रविनलाई विश्वकर्मा हो भनेर छिमेकीले आफुलाई सुनाएपछि थाहा पाएको समेत बताएकी छिन् । रविनलाई मात्रै होइन यसअघि पनि सुतार चौक कै गोपाल लोहार (विश्वकर्मा) लाई पनि छुवाछुतको व्यवहार गरेको बताएका छन् । उनले भने, ३ वर्ष अघि भलिबल प्रतियोगिता हुने क्रममा खेलाडीलाई खाजा नास्ताको आफैले व्यवस्थापना गरेर खुवाउने क्रममा त्यहाँ छुवाछुको व्यवहार भएको बताए । मिना श्रेष्ठले यश अघि पनि अन्य दलित समुदायमाथी पटक पटक जातियताको आधारमा दुर्व्यवहार गर्दै विभेद गर्दै आएकिछिन।

स्थानीय गोपाल लोहारले अझै पनि यस्तो छुवाछुत हुनु र भोग्नु भनेको पीडकले सजाय नपाएर गाउँघरमा यो कायम रहेको वताउँछन्। यो घट्नालाई मिलापत्र वनाउने होइन अव कानुनी उपचार गर्नु पर्ने र दोषीलाई कार्वाही हुनु पर्ने उनले बताए । यता घटना मिलाउन पीडित रविन लोहारलाई भने मीना श्रेष्ठ (राई) का श्रीमानले आफु नभएको बेला त्यस्तो भएको भनी मिल्नको लागि दबाब दिएको बताए ।

राई टोलकै एक स्थानीय छिमेकीले यहाँ राई वस्ती हो, यहाँ त्यस्तो देखिदेखि सानो जातले छोएको नखाने बताएका छन् । यहाँ त त्यस्तो सबैले देखेर त खाँदैनन्, नदेखि भित्र भित्र चाहि खान्छन् ।

छुवाछुत सम्बन्धी कानुनी व्यवस्था के छ ?

नेपालको संविधानमा दलितको अधिकार अन्र्तगत छुवाछुत सम्बन्धी ऐन छुट्टै बनेको छ । संविधानले नै जातीय छुवाछुतलाई सामाजिक अपराध भनेर कानुन र दोषीलाई कार्वाहीको व्यवस्था समेत गरेको छ । ऐनको दफा ४(२) मा छुवाछुत र जातीय भेदभाव सार्वजनिक स्थान, निजी क्षेत्र र विदेशमा गरेको भएपनि नेपालमा नै गरे सहर मानिने भनी कुनै पनि स्थानमा जातीय भेदभाव तथा छुवाछुत गर्न नपाइने व्यवस्था गरेको छ । यस ऐनको दफा ७ मा सजायको व्यवस्था गरी जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई तीन महिनादेखि ३ वर्षसम्म कै वा पचास हजारदेखि दुइ लाख सम्म रुपैयाँ जरीवाना हुने वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

दुना–टपरी र बात्ती ब ...

धरान/धरान–९ स्थित विष्णु मेमोरियल स्कूलले विद्यार ...

कोशी प्रदेश स्तरीय ब ...

धरान/ धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदे ...

‘एसईई स्पिकर–२०८१’ स ...

धरान/ एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीहरूलाई सि ...

क्यान्सर बिरामीका ला ...

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved