छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी गर्भवती महिलालाई धरान महिला संजालको सहयोग

  • असार ७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । छिमेकीको कुटाईबाट मानसिक संन्तुलन गुमाएकी ३ महिने गर्भवती महिलालाई महिला संजाल धरानले औषधी सहित नगद सहयोग गरेको छ ।

संजालको पहलमा बिर्तामोड मेडिकल हलले १० हजार रुपैया बराबरको औषधी निशुल्क उपलब्ध गराउने भएको छ भने अध्यक्ष चेतना श्रेङले ५ हजार रुपैया आर्थिक सहयोग गरेकी छिन् । थप उपचारका लागि पनि सहयोगहरु उपलब्ध गराउने तथा पिडकलाई कारवाहीका लागि थप अभियान संचालन गरिने बताइन् ।

विगत १५ दिन देखि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मानसिक विभागमा उपचार गराइरहेकी कानेपोखरी गाउँपालिका ५ चिसाङबस्तीकी शोभा दर्जीको उपचारमा आर्थिक अभाव हुन थालेको समाचार आए पछि संजालकी अध्यक्ष श्रेङले औषधीको निशुल्क उपलब्ध गराउन पहल गरेकी थिईन् ।

बिर्तामोड मेडिकलले अहिले १० हजार मुल्य बराबरको निशुल्क औषधीको दिए पनि आवश्यक्ता अनुसार थप सहयोग गर्ने हलका संचालन एन.के. देवले बताए ।

कानेपोखरीको चिसाङ खोलामा गिटि कुटेर जिविकोपार्जन गर्ने उनको परिवारको आर्थिक अवश्था कमजोर रहेकाले थप उपचारमा कठिनाई बढ्दै गएको छ । गाँउमा रिण पान गरेर खर्च गर्दै आए पनि अहिले समस्या थपिदै गएको आमा देवी दर्जीले बताईन् ।

सिम चोरी गरेको आरोपमा दर्जीलाइ छिमेकी बिन्दा मगर र पुष्पा मगरले गत वैशाख ३० गते कुटपिट गरेका थिए । अहिले उनी पुर्ण रुपमा मानसिक संन्तुलन गुमाएको अवश्थामा छिन् ।

पिडकहरु विरुद्ध जाहेरी दिए पनि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छैन् । पिडक पक्षले गाउँमै मिल्न दबाब दिइरहेका पिडित परिवारले जनाएको छ ।

 

 

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

कक्षा १२ को नतिजा सा ...

काठमाडौँ/  राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ...

'सत्ता सुन्दैन' प्रत ...

काठमाडौँ/  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved