प्रष्ठिानको कोभिड अस्पतालमा धरान ८ एक जना सहति सुनसरीका दुईजनाको मृत्यु

  • जेठ २७, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तस्वीर

धरान । धरान स्थित विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत दुई संक्रमतिको मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. चुणमडी पोखरेलका अनुसार धरान ८का ६० वर्षीय वृद्ध र रामधुनीका ९ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो ।
धरान ८ का संक्रातिको बुधबार राती १०: ५० मा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । जेठ २४ गते संक्रमण पुष्टि भएका वृद्धलाई उपचारको लागि विजयपुर हस्पिटलमा भर्ना गरिएको थियो ।
उनको स्वास्थ्यमा थप समस्या देखा परेपछि उनलाई त्यहाँबाट जेठ २५ गते रिफर गरेर प्रतिष्ठानको कोभिड अस्पतालमा थप उपचार भइरहेको थियो ।

त्यसैगरि, रामधुनी ९ सुनसरीका पनि ७० बर्षीय एक वृद्धको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दीर्घ रोगी रहेका उनलाई जेठ २० गते संक्रमण पुष्टि भएको थियो भने २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो । ती वृद्धको उपचारको क्रममा बिहिबार बिहान ४:२५मा मृत्यु भएको सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । मृतक दुवैको शव नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved