उद्योगी घिमिरेद्वारा आइसोलेसन सेन्टरहरुलाइ अक्सिजन सहितका स्वास्थ्य सामग्री हस्तान्तरण

  • जेठ २५, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी । इटहरीमा रहेको कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई एस जी अर्गनाइजेसनले अक्सिजनसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अर्गनाइजेसनका अध्यक्ष, उद्योगी शिव घिमिरेले स्वास्थ्य सामग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका हुन् । आफूले सामाजिक उत्तरदायीत्व वहन गर्नका लागि अक्सिजन सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए ।

उनले ११ थान अक्सिजन ग्याँस, अक्सिमिटर, ब्याज ५० थान, सर्जीकल मास्क पाँच सय थान, अक्सिजन मास्क दुई हजार पाँच सय थान, साथै रेगुलेटरसहितका अन्य स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

आइसोलेसन व्यवस्थापन समितिका संयोजक तथा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेललाई सामाग्री हस्तान्तरण गरिएको थियो । आइसोलेसनमा २६ जना कोरोना संक्रमित भर्ना भएको पौडेलले बताए ।

उवासंघसहित प्रेस युनियन सुनसरी, मारवाडी सेवा समिति इटहरी, नेपाल युवा उद्यमी मञ्च, श्री कृष्ण प्रणामी मन्दिरसहितका संस्थाहरुको समन्वयमा आइसोलेसन सञ्चालनमा आएसँगै यहाँका नागरिकहरुले सेवा लिइरहेका छन् ।

यसै बिच सोही अर्गनाइजेसनले इटहरी उपमहानगर पालिका कार्यलयलाइ समेत सोहि परिमाणको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

इटहरी उपमहानगर पालिकाले इटहरी स्थित रंगशालामा संचालन गरेको आइसोलसनका लागि इटहरीका प्रमुख द्वारिकलाल चौधरीलाई अर्गनाइजेसनका अध्यक्ष घिमिरेले अक्सिजन सहितका सामग्री हस्तान्तरण गरेको हो ।

 

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved