बीपीको वेथिति अन्त्य नभए सम्म नागरिक दबाब संजालले निरन्तर आन्दोलन गर्ने

  • जेठ २४, २०७८
  • "गोविन्द बस्नेत"
alt

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको वेथिति तथा भ्रष्टाचार अन्त्य गर्न गठिन नागरिक दबाब सञ्जाले प्रतिष्ठानमा निरन्तर दबाबमूलक कार्यक्रम अगाडि सार्ने भएको छ ।

विगतमा समेत प्रतिष्ठानको वेथिति सुधारका लागि भन्दै गठन भएका समूहहरुले प्रतिष्ठानभित्र हुने गरेका वेथिति, भ्रष्टाचार लगायतका कुराहरु नियन्त्रण गर्ने भन्दै शुर भएका आन्दोलनहरु बीचैमा तुहिने गरेको भएपनि यो समितिले भने प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टचार अन्त्य नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ ।

दबाब सञ्जालले धरानको सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानभित्र हुने गरेका वेथिति तथा भ्रष्टाचारलाई अन्त्य गर्न नागरिक दबाब सञ्जालले दबाबमूलक कार्यक्रमलाई अगाडि सार्ने जनाएको हो ।

दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले विगतमा पनि विभिन्न समिति गठन गरेर प्रतिष्ठान सुधारको अभियान अगाडि सार्दा समेत वेथिति अन्त्य नभएको बताए । उनले भने –विगतमा प्रतिष्ठानको सुधारका लागि धरानेहरुले समिति गठन गरेर सुधारको अभियान अगाडि सारे पनि प्रतिष्ठानको सेवासुविधा, वेथिति तथा भ्रष्टाचार अन्य हुनुको साटो झन बढेर गयो, अब यो नागरिक दबाब सञ्जालले भने वेथितिको अन्त्य नहुन्जेल आन्दोलनलाई निरन्तरता दिन्छ ।’

उनले कमिशनको खेलकै कारण प्रतिष्ठानमा गुणस्तरीय स्वास्थ्य उपचार हुन नसकेको बताए । उनले प्रतिष्ठानले विभिन्न कम्पनीबाट कमिशन खाएर ल्याएका स्वास्थ्य सामाग्रीहरु गुणस्तरीय नहुने ब ताए । उनले भने –खरिद गरिएका रिएजेन्ट किटहरु गुणस्तरीय छैन, उपकरणहरु गुणस्तीय छैनन्, सबै भ्रष्टाचार कमिशनको खेलका कारण यस्ता भएको हो, यसलाई चिर्नकै लागि नागरिब दबाब सञ्जाल गठन गरेका हौं ।’

उनले भने यसलाई चिर्न सञ्जालले तीन चरणको आन्दोलन गर्ने जनाए । उनले भने–सञ्जालको पहिलो चरण संवाद, दोसो अनुन्धान र तेस्रोमा कारबाहीको अभियानसम्म छ ।’

यस्तै सञ्जालका सचिव हरिप्रसाद दाहालले बीपी लगायत धरानमा हुने गरेका अन्य गतिविधिको शुक्ष्म अध्ययन गरेर वेथिति अन्थ्य गर्ने अभियानका साथ नागरिक दबाब सञ्जाल गठन गरिएको बताए । उनले भने–‘धरानका हरेक क्षेत्रमा भएको विकृतिलाई यसले चिर्ने प्रयास गर्ने हो, यो विसम परिस्थितिमा पहिलो अभियान हामी प्रतिष्ठानभित्र रहेको बेथितिविरुद्धमा अभियान चलाउछौै ।’

उनले प्रतिष्ठानभित्र पछिल्लो समय भ्रष्टाचार, वेतिथिसंगै स्वस्थ्य सामाग्री, उपचकरण लगायतका समाग्री गुणस्तरीय नभएको, सर्वसाधारणले सर्वसुलभ ढंगले उपचा पाउन नसकेको, पदाधिकारीबीचमै आर्थिक लेनदेनको विषयमा द्वन्द्व हुने गरेको लगायतका कुराहरु बाहिर आउन थालेपछि नागरिक दबाब सञ्जालमार्फत त्यसलाई चिर्नकै लागि आन्दोलनलाई निरन्ता लागेको बताए ।

विगतमा समेत आन्दोलनले राजनीतिक स्वार्थ बोकेर बीचैमा आन्दोलन तुहिने परिघट्नाको विषयमा सोधिएको प्रश्नमा संयोजक शर्माले त्यही चिर्न पनि अहिलेको दबाब सञ्जाल गठन भएको दाबी गरे । उनले भने–‘हामी बीपीको वेथिति अन्त्थ्य नहुन्जेल आन्दोलनमार्फत दबाब दिइरहन्छौै, जसरी हुन्छ प्रतिष्ठानभित्रको वेथिति, भ्रष्टाचार अन्त्य गरेरै छाड्छौ ।

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved