वीपी सुधारका लागि दबाब दिन धरानको अभियान "प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा धरान नागरिक दबाब समाज गठन"

  • जेठ २२, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ ।

प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ ।

डा. कमल तिगेला सदस्य सचिव रहेको संजालमा धरानका पुर्व मेयर मनोज कुमार मेन्याङबो, प्राध्यापक हरि प्रसाद दाहाल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटा, प्राध्यापक आनन्द प्रसाद आचार्य, अग्रज पत्रकार हर्ष सुब्बा, भवानी बराल लगायत नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, पुर्व अध्यक्ष केशव घिमिरे लगायत विभिन्न राजनितिक दलका प्रतिनिधीहरु सदस्य रहेका छन् ।

प्रतिष्ठान सुधारका लागि नागरिक अभियानमा आवश्यक्ता अनुसार सदस्य थप गर्दै जाने संजालका संयोजक शर्माले बताए । स्थानीय सरकारको उपस्थितीमा संजाल गठन गरिएको छ ।

नगरवासीको आवाज नै स्थानीय सरकारको भएकाले प्रतिष्ठान सुधारमा लागि समन्वयकार्य भुमिका निर्वाह गर्ने प्रतिबद्धता नगरका मेयर र उपमेयरले जनाए पछि संजाल गठन गरिएको उनको भनाई छ । उनले भने, प्रतिष्ठानमा भइरहेको सेवा अवरोधको कारण, बिरामीहरुले पाएका दुख आर्थिक अनियमितताहरु त्यहाँ भएका समस्याहरुको समाधानको पहिलो चरण हो, हामीले निगरानी र खै गर्ने हो ।’

आवश्यक्ता अनुसार अन्य विषयहरुमा अभियानले आन्दोलनको रुप पनि लिन सक्ने उनले बताए । संजालको भोलि बस्ने बैठकले विभिन्न चरणबद्ध अभियानहरु तयारी गरेर अघि बढ्ने उनले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved