धरानको हरियाली आइसोलनमा बसेका संक्रमितको स्वास्थ्य अवश्था सामान्य

  • जेठ १६, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । हरियाली सामुदायिक वनको भवनमा संचालन भएको आइसोलेसन केन्द्रको धरान उपमहानगरपालिकाले निरिक्षण गरेको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा संचालन रहेको आइसोलेसन केन्द्रको आज धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहितको टोलिले निरिक्षण गरेको हो ।

कोभिड संक्रमितका लागि २५ वेड क्षमताको आइसोलेसन केन्द्र जेठ १ गते देखि संचालनमा आएको हो । केन्द्रमा ७ जना कोभिड संक्रमित विरामी बसेका छन् । केन्द्रको निरिक्षण गर्दै मेयरले कोरोना संक्रमितहरुको उपचारमा कुनै पनि कमी आउन नदिने बताए । अक्सिजन सहितको केन्द्रमा रहेका बिरामीहरुको स्वास्थ्य अवश्थामा सुधार आइरहेको जनाएको छ । केन्द्रमा कोरोना संक्रमित संचारकर्मीहरुलाई समेत बस्नको लागि व्यवस्था गरिएको छ ।

धरान उपमहानगरपलिकाका मेयर राई सहित नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतले निरिक्षण गरेका थिए ।

केन्द्रमा दुई जना स्वास्थ्यकर्मी खटाएको छ । खानेकुराको व्यवस्थापन धरान उपमहानगरपालिकाले गरिरहेको छ । आईशोलेसन सेन्टरमा बसेका संक्रमितहरुका लागि खेलकुदका सामाग्रीहरु पनि व्यवस्थापन गरिएको छ ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved