धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुग्यो

  • भदौ ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई रहेका धरान १५ कृष्ण पथका ६७ वर्षिय वृद्धको आज मृत्यु भएको हो । यस अघि धरान १५ कै दशरथ पथका ७२ वर्षिया वृद्धाको मृत्यु भएको थियो ।

शनिबार आज मृत्यु भएका वृद्धको स्वास्थ्य अवस्था गम्भीर भएपछि गए राति प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको थियो । तर, यो विधिबाट पनि उनको ज्यान बच्न सकेन । उनी वीपीमा प्लाज्मा थेपारी गरिने दोस्रो संक्रमित हुन् । उनीभन्दा अघि प्लाज्मा थेपारी गरिएका व्यक्तिको भने स्वास्थ्य सुधार भइरहेको बताइएको छ ।

वृद्धलाई एक सातादेखि अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएको थियो । साथै मृतकलाई उच्च रक्तचापको बिरामी पनि भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

मृतकको साउन २७ गते पिसिआर पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । मृतकको शव व्यवस्थापनका लागि तयारी भइरहेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved