पृती भल्भ उद्योगका सम्पर्कमा रहेका थप २ जनामा कोरोना संक्रमण

  • साउन २०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । औद्योगिक क्षेत्र भित्रको पृती भल्भ उद्योगका कर्मचारीको कन्ट्याक्ट् ट्रेसिङमा रहेका अन्यमा पनि कोरोना संक्रमण देखिएका छन् ।

उद्योगमा काम गर्नेहरु बाटै धरानमा कोरोना संक्रमण फैलिदै गएको हो । मंगलबार थपिएको २ जना कोरोना सन्क्रमित पनि उद्योगकै कर्मचारीको कन्ट्याक्ट्मा रहेका थिए । आज थपिएका कोरोना संक्रमित धरान १५ का ४३ वर्षीय पुरुष र धरान १ का १ जना २० वर्षीय पुरुष रहेका छन् ।

उनी हरु दुबै जनामा कोरोना सन्क्रमित को सम्पर्कमा थिए । धरान १५ का ब्यक्तिका दाजु लाई सोमबार कोरोना पुष्टि भएको थियो भने धरान १ का ब्यक्ती १३ का कोरोना सन्क्रमित को सम्पर्कमा थिए । यसै गरी अर्को एक जना धरान १८ ठेगाना लेखिएको ४० वर्षीय पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

उनको धरान १८ ठेगाना लेखिए पनि जितपुर बाराबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए । आज थपिएका सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या २८ पुगेको छ ।

यसै गरी सुनसरीको दुहबी नगरपालिकाको कर्मचारी सहित ४ जनामा पनि कोरोना पुष्टि भएको छ ।

दुहबीमा स्वाब सङ्कलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान धरानमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको दुहबी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिएका छन् ।

दुहबी नगरपालिकाका ५३ वर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जना संक्रमित २४,३३ र ६० वर्षीय अरू संक्रमित रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखा प्रमुख महतोले बताए ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved