खानेपानी परियोजनामा संस्थानको दादागिरी, तोडफोडबाट करिब डेढ लाखको क्षती

  • साउन १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरानको खानेपानी परियोजनालाई असफल बनाउन खानेपानी संस्थानकै प्रमुखको अगुवाईमा दादागिरी शुरु भएको छ ।

धरान खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण गर्न मन्त्रीपरिषदको निर्णय भए पनि संस्थानका प्रमुखको अगुवाईमा आइयुडिपी परियोजनाले निर्माण गरेको पाइपलाइन भत्काईदिएको छ ।

परियोजना शुरुवात देखिनै खानेपानी संस्थानले परियोजनाको विरोध गर्दै आएको थियो । संस्थानलाई बोर्डमा समायोजन गर्न नहुँने भन्दै विरोध गरिरेका संस्थानका कर्मचारीले दादागिरी शैलिमा सार्वजनिक सम्पत्ति तोडफोड गरेका छन् ।

आइतबार दिउँसो ४ बजेको समयमा खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको अगुवाईमा गएको टोलिले परियोजनाले बिस्तार गरेको सर्दु खर्दु मुहानमो पाइपलाईन भत्काइदिएको हो । श्रेष्ठको अगुवाईमा परियोजनाको विरोध गर्दै आइरहेको हर्क साम्पाङ, मदन राई, कृष्ण गौत्तम लगायतको २०÷३० जनाको टोलिले पाइपलाईन भत्काईदिएको हो ।

विरोधको नाममा दादागिरी शुरु भएको स्थानीयहरुको आरोप छ । खानेपानी संस्थानलाई बोर्डमा गाभ्न नहुने भन्दै आन्दोलन गर्ने आन्दोलनकारी र खानेपानी संस्थानका कर्मचारीहरुको दादागिरीको अन्त्य गरिने पर्ने स्थानीयहरु बताउँछन् । खानेपानी संस्थानकै प्रमुखको नेतृत्वमा गएको टोलिले तोडफोड गर्नु दादागिरी नै रहेको धरान १५ का राजेन्द्र गिरीले बताए ।

‘काम गर्दै जादा समस्या होला तर दादागिरी देखाउँदै सार्वजनिक सम्पत्ति तोडफोड हुनु नराम्रो हो’, उनले भने, ‘सार्वजनिक सम्पत्ति तोडफोड गर्नेलाई कारवाही गरिनु पर्छ ।’

परियोजनाका प्रमुख राजु पोख्रेलका अनुसार सर्दुको इन्टेक र खर्दुको सेडिमेन्टेन्सन टङ्कीबाट फिल्टर प्लान्टमा ल्याउन जडान गरिएको पाइप तोडफोड गरी फुटाइएको छ भने अहिले फिल्टर प्लान्टमा पानी आउन पुरै बन्द भएको छ । तोडफोडबाट करिब डेढ लाख बराबरको क्षति भएको पाइएको छ ।

तोडफोड भए पछि स्थानीय प्रहरी, प्रशासनको टोलिले घटनास्थलको मुचुल्का उठाएको छ । घटनाको प्रतिवेदन नगरप्रमुखलाई बुझाए पछि उहाँको निर्देशन अनुसार प्रक्रिया अघि बढ्ने परियोजना प्रमुख पोख्रेलले बताए ।

हर्क साम्पाङको टोलिले मुहान देखाइदिनु भनेकाले लगिदिएको संस्थानका प्रमुख राम कुमार श्रेष्ठले बताए । खानेपानीको हाहाकार भइरहेको अवश्थामा स्थानीयहरु नै मुहानको अनुगमन गर्न जाने भन्दै आएकाले लिएर जाँदा टोलिले कनेक्सन फुस्काई दिएको उनले बताए ।

उनले भने, ‘वर्खामा इन्टेकको काम नै गर्नु हुँदैन थियो, पानी बन्द नगरिदिनु भनेको थिए, तर काम गरिरहेको थियो, पानीको अभाव भए पछि टोलिले परियोजनाको पाइपलाईन फुस्काएर संस्थानमै पाइपलाइन जोडिदिएको हो ।’ तिललाई पहाड बनाउने खोजेको उनको भनाई छ ।

 

धरानको तीनढ्वाङ्गे प ...

सुनसरी/  धरान उपमहानगरपालिका–८ स्थित हर ...

सापटी रकम लिएर घर फर ...

विराटनगर/ आफूलाई प्रहरीको पहिचान दिँदै अपहरण र लुटपाट ग ...

बालिकामाथि यौन दुर् ...

इलाम/ इलामको माई नगरपालिका–२ निवासी ५२ वर्षी ...

सुनसरीमा धरानका २ सह ...

धरान/ माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा धरानस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved