फाउण्डेसनले अव सामाजिक सञ्जालवाट मात्र सेवा दिने " लकडाउनको अवधिमा १ हजार भन्दा वढि विरामीको उपचार "

  • असार १८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ लक डाउन सुरु भए सगै अस्पतालहरुले कोरोना सँग सम्वन्धित विरामीको मात्र उपचारमा केन्द्रित भए पछि अन्य विरामीको उपचार सुरु गरेको  हाम्रो हातेमालो फाउन्डेसनले १ हजार ८३ जनालाई सेवा दिएको छ ।

कोरोना वाहेका अन्य रोगका विरामीहरुलाई विरामीहरुलाई उपचार तथा परामर्स दिन चिकित्सकहरुको संस्था फाउन्डेसनले चैत्र ११ गते देखी नै हेल्पलाइन सेवा सुरु गरि उपचार सुरु गरेको थियो ।

फाउण्डेसनले हेल्पलाइन वाहेक १० जना विरामीलाई घरमै पुगेर सेवा दिएको छ भने सामाजिक सञ्जाल मार्फत १सय २० जना सेवा दिएको र विभिन्न स्थानमा रहेका विरामीहरुको उपचारका लागी स्वास्थ्य शिविर समेत गरेको अध्यक्ष इन्द्र लिम्बुले वताए । उपचार सगै विभिन्न संघ संस्थाकोहरुको समन्वयमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग समेत गरेको अध्यक्ष लिम्बुले जानकारी दिए । लकडाउन केही खूकुलो हुदै गएकोले हेल्पलाईन सेवा बन्द गरेको जानकारी दिदै अध्यक्ष लिम्बुले सामाजिक सञ्जालवाट भने सेवा दिइरहने वताए ।

“फेसबुकवाट भने हाम्रो सेवा निरन्तर रहने छ ” उनले भने – हाम्रो फेसबुक पेजमा गएर आफ्नो समस्या राख्न सक्नुहुने छ । ” अस्पतालहरुले ओपिडि सेवा सूरु गरेका र उपचार सहज भएको कारण तत्कालको लागी हेल्प लाईन सेवा स्थगित गरेको र सामाजिक सञ्जालको माध्यममा वाट भने उपचार सेवा कायम राखेको फाउण्डेसनका सदस्य यौन तथा छाला रोग विशेषज्ञ डा धनकेशर खड्काले वताए । चिकित्सक र सर्वसाधारण विचको दुरी कम गर्दै सहज र सरल तरिकाले उपचार सेवा दिने उद्येश्यले स्थापित फाउण्डेसनले स्वास्थ्य शिविरमा निशुल्क औषधी सहित विशेषज्ञ सेवा दिदै आएको छ ।

 

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved