वीपीमा डायलासिसका बिरामीलाई उपचार असहज बन्दै

  • असार ८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । लकडाउनले सवारी साधन नचल्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा आएका मृगौला रोगीहरु समस्यामा परेका छन् । सवारी साधन नचल्दा प्रतिष्ठानमै बस्न बाध्य बनेका बिरामीहरुले डाइलासिस गर्दा सरकारले दिइने सुविधा समेत नपाएको र खाना बस्न समेत समस्या भएको छ ।

लामो समयको लकडाउनले गर्दा धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि आएका बिरामीहरु अलपत्र परेका छन् । हप्तामा दुई पटक डायलासिस गर्नुपर्ने बिरामीहरु सवारी साधन संचालन नहुँदा प्रतिष्ठानमै बस्न बाध्य छन् । बिरामीहरुलाई एका तिर खाने र बस्नेकै समस्या रहेको छ भने अर्को तिर डायलासिसका लागि सरकारले दिएको निशुल्क औषधी पनि किन्नुपर्ने बाध्यता रहेको छ ।

विगतमा अस्पतालले डाइलासिसमा प्रयोग हुने र्आैषधी अर्थात सामाग्री प्रतिष्ठानले नै उपलब्ध गराए पनि लकडाउनका कारण सामान नआएको भन्दै विरामीले नै किनेर लगाउनु पर्ने बाध्यता रहेको डायलासिसका लागि आएकी वेलवारीकी शशिकला खवास बताउँछिन् । बस्ने र खाने स्थानको समेत अभाव उत्तिकै भएको उनको गुनासो छ । उपचार गराउदा गराउदै आर्थिक समस्या उत्पन्न भएको बेला सामान आफै नै खरिद गर्दा झन ठूलो समस्या भएको उनले बताईन् ।

खर्च गरेको बिल प्रतिष्ठान प्रशासनले १५ दिन भित्र उपलब्ध गराउने भने पनि १ महिना वितिसक्दा समेत उपलब्ध नगराएको बिरामीहरुको गुनासो छ । उनीहरु प्रतिष्ठान परिषरमा रहेको धर्मशालामा बस्दै आएका थिए । तर धर्मशालालाई क्वारेन्टाइन बनाएपछि कलेजको माथिल्लो तलामा आफै खाना बनाएर खानुपर्ने बाध्यता छ । शुरु शुरुमा १८ नम्बर वडा कार्यालयले खाना खुवाउने व्यवस्था गरिदिए पनि अहिले बन्द हुँदा दिनप्रतिदिन समस्या बढ्दै गएको दुहबीकी विष्णुमाया राई बताउँछिन् ।

प्रतिष्ठानमा निशुल्क औषधी उपलब्ध नहुँदा बाहिरबाटै खरिद गर्नु परेको छ । बिरामीले बाहिरबाट औषधी खरिद गरे पछि प्रतिष्ठानले बिल अनुसारको भुक्तानी दिने जनाएको छ । तर निजी फार्मेसीमा खरिद गर्दा महंगो मुल्य तिरे पनि प्रतिष्ठानले रकम घटाएर मात्रै रकम फिर्ता दिने गरेको छ । डायलासिसका लागि प्रयोग हुने फिस्टुला निडल प्रतिष्ठानमा उपलब्ध छैन्, त्यसैले बाहिरबाट महंगो मुल्यमा खरिद गरेर ल्याए पनि प्रतिष्ठानले रकम घटाएर दिने गरेको बिरामीका आफन्त विशाल तामाङले बताए । उनले भने, ‘कि त प्रतिष्ठान आफैले दिनु पर्यो, कि बाहिरको फार्मेसी सँग समन्वय गरेर प्रतिष्ठानले फिर्ता गर्ने मुल्यमै उपलब्ध गराउनुपर्यो ।’

बन्दकै कारण अहिले पूर्वी पहाडी जिल्ला तथा अन्यत्रबाट आएका डायलासिसका बिरामीहरु ५० जना भन्दा बढी छन् । खर्चको अभावमा औषधि प्रयोग गर्नुपर्ने र बस्ने खानेको समेत समस्या बढ्दै गएको छ ।

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved