धरानका पत्रकारलाई तनाव व्यवस्थापन अभिमुखिकरण

  • असार ६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको अवश्था र लकडाउनमा रिर्पोटिङ गर्दा पत्रकारलाई हुने तनावलाई व्यवस्थापन गर्न धरानका पत्रकारहरुलाई १ दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

रुपान्तरण नेपालको आयोजनामा शनिबार धरानका करिब ३५ जना पत्रकारहरुलाई तनाव व्यवस्थापन सम्बन्धी अभिमुखिकरण गरिएको हो ।

प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीको निर्वाचन क्षेत्र विकाश कोष मार्फत एक दिने अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मानसिक विभागका चिकित्सक निदेश सापकोटाले तनाव व्यवस्थापनको विषयमा सहजीकरण गरेका थिए ।

सुनसरी उद्योग वाणिज्य संघ धरानको सभाहलमा भएको अभिमुखिकरण कार्यक्रममा पत्रकारलाई हुने तनाव, त्यसका लक्षणहरु र व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

समाजलाई सुसुचित गर्ने पत्रकारहरु नै तनावमा रहे पछि सही सुचना र समाचार संप्रेषणमा समस्या हुने भएकाले पत्रकारहरु तनाव मुक्त रहेका पेशा प्रति सजग हुनुपर्ने कार्यक्रमका प्रमुख अतिथी सभामुख प्रदिप कुमार भण्डारीले बताए ।

उनले कोरोनाको त्रासले आम मानिसमा तनाव बढ्दै गएकाले समाजलाई तनाव व्यवस्थापनका लागि पनि पत्रकारहरुले सचेत गराउनुपर्ने उनले बताए ।

आयोजक संस्थाकी अध्यक्ष सविता राईले दिनभरीनै फिल्डमा खटिरहँदा पत्रकारहरु विभिन्न मानसिक समस्याबाट गुज्रिनु परेकाले तनाव व्यवस्थापनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको बताईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले आयोजक संस्थालाई तनाव व्यवस्थापन प्रति सजग गराउन अभिमुखिकरण कार्यक्रम गरेको प्रति धन्यबाद दिएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved