वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई आयुर्वेदिक औषधि प्रदान

  • असार ५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी/ वराहक्षेत्र नगरपालिकाको क्वारेन्टिन तथा होल्डिङ सेन्टरमा रहेकाहरूलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधि प्रदान गरेको छ ।
वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाललाई डा. सूर्यनारायण मेहताले औषधि हस्तान्तरण गरेका हुन् ।

 औषधिमा च्यावनप्राश, गुर्जो, अश्वगन्धा चुर्ण, जडिबुटी चियालगायत होमियोप्याथिक औषधि रहेको डा. मेहताले जानकारी दिनुभयो ।

६० जनालाई पुग्ने आयुर्वेदिक औषधि हाल हस्तान्तरण गरिएको छ । औषधि सेवनले क्वारेन्टिनमा बसेकाहरुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति मजबुत बनाउने र मनोवैज्ञानिक रूपमा दृढ बनाउने डा. मेहताले बताउनु भयो ।

वराहक्षेत्रका चक्रघट्टी, प्रकाशपुर, मधुवन, भरौललगायतका क्वारेन्टिनमा १८३ जना राखिएको थियो । ती मध्ये ४ जनालाई आइसोलेसनमा राखिएको छ भने अन्यलाई घर पठाइएको छ । क्वारेन्टिनमा हाल ६ महिलासहित ५२ जना रहेका छन् ।

 

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved