कोरोना संक्रमण पुष्टि भएकाहरुलाई वर्गीकरण गरि उपचार गर्ने प्रदेश १ सरकारको तयारी

  • जेठ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भई लक्षण देखिएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने सरकारले तयारी गरेको छ ।

परीक्षण गर्दा कोरोना पुष्टि भएका तर रोगको लक्षण नदेखिएका बिरामीलाई भने सरकारले तोकेको र तयार गरेको आईसोलेसन केन्द्रमा राखेर उपचार हुनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण देखिएकाहरुलाई प्राथमिकता दिई सरकारद्वारा संचालित कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिने जानकारी दिदैं भने,“रिपोर्ट पोजेटिभ आएकाहरुलाई आईसोलेसन केन्द्रमा राखेर निगरानीसंगै उपचार हुनेछ ।” बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारले योजना बनाएको घिमिरेले बताए ।

अहिले प्रदेश १ को राजधानी विराटनगरमा सरकारले संचालन गरेको ५० बेडको कोशी कोभिड १९ अस्पतालमा प्रदेशभरका बिरामीलाई ल्याएर उपचार गरिंदै आएको छ । कडा लक्षण र विशेष सेवासहित उपचार गर्नुपर्ने बिरामीका लागि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकसय बेड क्षमताको अस्पताल तयार गरिएको छ ।

मन्त्री जीवन घिमिरेका अनुसार सरकारले प्रदेशका विभिन्न सहरमा तत्कालै ४ सय ५० बेड क्षमताको आईसोलेसन उपचार केन्द्र निर्माणलाई तीव्र बनाएको छ । “कोरोना संक्रमित थपिन थालेसंगै अस्पतालको क्षमता पनि बढाउनु परेको छ,”मन्त्री घिमिरेले भने,“अब संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्नुको विकल्प छैन् । यसो भन्दैमा लक्षण नभएका बिरामीले सेवा नपाउने भन्ने होइन ।” मन्त्री घिमिरेका अनुसार प्रदेश सरकारले झापाको मेची अस्पतालमा पनि कोरोना संक्रमितलाई उपचार गर्ने अस्पताल बनाउन तयारी थालिसकेको छ ।

यसैगरी पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको बराहक्षेत्र र नेपाली सेनाको पूर्वीपृतना इटहरीसमेत गरी ४ सय ५० बेडको आईसोलेसन उपचार केन्द्र तयार हुँदैछ ।

प्रदेश सरकारको तयारीबारे प्रदेश १ सरकारको तर्फबाट सामाजिक विकास मन्त्रालयले संघीय सरकारलाई समेत जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सातै प्रदेशका सामाजिक विकास मन्त्रीहरुसंग हिजो साँझ गरेको अनलाइन छलफलमासमेत मन्त्री घिमिरेले प्रदेश सरकारको यस्तो तयारीबारे जानकारी गराएका छन ।

उनले प्रदेश १ मा कोरोना संक्रमितको उपचारलाई वर्गीकरण गर्ने तयारी गरेको मन्त्री ढकाललाई सुनाए । मन्त्री घिमिरेले संघीय स्वास्थ्य मन्त्रीसंग प्रदेशको तयारीबारे मागर्दशन गर्न सुझाव पनि मागेको घिमिरेको सचिवालयले जनाएको छ ।

“प्रदेश १ मा पुल विधिबाट कोरोना परीक्षणको काम शुरु भएको छ । परीक्षणको क्षमतासमेत बढाइएको छ,”घिमिरेले संघीय स्वास्थ्यमन्त्रीको ध्यानकर्षण गर्दै भने,“ हाम्रो प्रदेशमा जेठ र असार महिनाभित्र ७० हजार जनाको पीसीआर परीक्षण गर्ने तयारी गरेका छौं । संघीय सरकारले थप स्वास्थ्य सामग्रीमा सहयोग गर्नुप¥यो । किटको अभाव छ ।” घिमिरेले सरकारले ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेहरुमा कोरोना परीक्षण गर्ने सरकारको थालेको संघीय मन्त्रीलाई जानकारी गराए ।

प्रदेश १ मा कोरोना उपचारको लागि छुट्टै अस्पताल संचालन गरिएपछि सरकारी अस्पतालको सेवामा असर गरेको छैन । कोशी अस्पतालबाट उपचार गरी हालसम्म २६ जना डिस्चार्ज भईसकेका छन् ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved