वराहक्षेत्रका नगर प्रमुखद्वारा क्वारेन्टिन स्थलको अनुगमन

  • जेठ १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले चक्रघट्टीस्थित महेन्द्र माविमा तयार गरेको क्वारेन्टाइनको मंगलबार नगर प्रमुख निलम खनालले अवलोकन गरेका छन् ।

अनुगमन तथा सुपरीवेक्षण समितिका संयोजक समेत रहेका नगर प्रमुख खनालले क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था र समस्याबारे जानकारी लिएका छन् ।

क्वारेन्टिनमा बस्नेहरुमा कुनै प्रकारको समस्या नदेखिएको नगर प्रमुख खनाल ले बताए । ‘सरकारको मापदण्डअनुसार व्यवस्थापन गरेका छौं । खाजा चिया खाना गरी चार टाइम व्यवस्था गरेका छौं’, नगर प्रमुख खनालले भने, ‘उनीहरुको आत्मविश्वास बढाउन बेलाबेलामा समस्या पनि बुझिरहेका छौं ।’

नगरपालिकाले संघीय सरकारको मापदण्डअनुसार क्वारेन्टिनको व्यवस्थापन गरिएको सूचना अधिकारी पुकार पोख्रेलले जानकारी दिए । मंगलबारसम्ममा २४ जनाको महेन्द्र माविमा व्यवस्थापन गरिएको छ । सो क्वारेन्टिनमा ८० जना व्यवस्थापन गर्न सकिने बताइएको छ ।

khanal-baraha

 

 

उद्घोषणकला तालिम सम् ...

धरान/बेलका नगरपालिका वडा नं. ९ को आयोजनामा सञ्चालित पाँ ...

धरान मेघा हिमालयनमा ...

धरान/ धरान १२ मा अवस्थित मेघा हिमालयन कलेजले राष्ट ...

श्रीमतीलाई रडले घोचे ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–५ अन्न ...

ट्याक्टरसँग मोटरसाइक ...

झापा/ झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved