रामानन्दाचार्य सेवापिठको भवनलाई क्वारेन्टाइन बनाउन बराहक्षेत्रको सिफारिस

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रदेश सरकारले स्थापना गरेको चतरास्थित होल्डिङ एरिया

धरान । बराहक्षेत्र स्थित रामानन्दाचार्य सेवा पिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने बराहक्षेत्र नगरपालिकाले प्रदेश सरकारलाई सिफारिस गरेको छ ।

सुनसरीमा पनि कोरोना संक्रमितहरु देखिन थाले पछि आउन सक्ने समस्यालाई मध्यनजर गर्दै थप क्वारेन्टाइनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले नगरपालिकाको राय मागेको थियो ।

नगरपालिकाको विहिबार बसेको बैठकले सेवापिठमा रहेको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने सिफारिस गरेको हो ।

सेवा पिठमा रहेको १ सय २८ कोठे भवन सुविधा सम्पन्न र गाउँ बस्ती देखि पनि टाढा रहेकाले उपयुक्त हुने भन्दै स्थानीयहरुले पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्न माग गर्दै आएका थिए ।

त्यसै गरि नगर कार्यपालिकाको बैठकले तत्काललाई स्थानीय चार सामुदायिक विद्यालयलाई क्वारेन्टाइन स्थलका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

कार्यपालिका बैठकले विश्व महामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सजगता अपनाउँदै सामुदायिक विद्यालयहरु प्रकाश मावि, वराहक्षेत्र १० प्रकाशपुर, महेन्द्र मावि वराहक्षेत्र ६, चक्रघट्टी र महेन्द्र मावि, वराहक्षेत्र ३ भरौललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको नगरका सूचना अधिकारी पुकार पोख्रेलले जानकारी दिए ।

कार्यपालिका बैठकले नेपाल– भारत सीमानाका सम्म आइपुगेका र अलपत्र अवस्थामा रहेका वराहक्षेत्रका नगरवासीलाई सहजीकरण गरी क्वारेन्टाइनमा राख्ने निर्णय गरेको नगर प्रमुख निलम खनालले जानकारी दिए ।

 

इलाममा बुधबारदेखि सि ...

धरान । चलचित्र पत्रकार संघले जेष्ठ ७ गते अर्थात बुधबारद ...

सवारीसाधन चोरी गर्ने ...

झापा/  झापाको इलाका प्रहरी कार्यालय अनारमनीले सवार ...

धरानमा सुविधा सम्पन् ...

धरान/  सुनसरी उद्योग वाणिज्य सङ्घले सुवि ...

बराहक्षेत्रमा अफ्रिक ...

सुनसरी/  बराहक्षेत्र नगरपालिकामा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved