धरान । प्रदेश नम्बर १ मा बुधबार मात्रै१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले साँझ ६ बजे सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार झापाका ५, सुनसरीका १ र धनकुटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको सूचना डेक्सकले राति ११ बजे जारी गरेको अद्यावधीक विवरण अनुसार झापाका थप १० जनामा कोरोना पुष्टि भएको हो ।
सूचना डेक्सकले जनाए अनुसार प्रदेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप १० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
१ नम्बर प्रदेशमा सबैभन्दा धेरै उदयपुरमा ३३ जनामा यस्तै झापामा २७ जना, धनकुटामा ७ जना, मोरङमा ४ जना, सुनसरीमा ३ जना, खोटाङमा १ जना र भोजपुरमा १ जनामा गरि जम्मा ७६ जनमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै संक्रमित भएका मध्ये २६ जना निको भएर घर फर्किएका छन् ।