धरान /आज प्रदेश १ का थप ७ जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश १मा संक्रमित संख्या ६६ पुगेको छ ।
प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापका ५ जना , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटाका १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।