फ्लोरेन्स नाइटिङगेललाई सम्झदै वीपीका नर्सले मनाए २ सय औं नर्सिङ दिवस

  • वैशाख ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोरोना संक्रमणको जोखिममा पनि बिरामीहरुको उपचारमा नर्सहरु खटिरहेका छन् । बिरामीहरुको पहिलो सम्पर्क नै नर्सहरु नै हुन्छन्, अहिले कोरोनाको संक्रमणको पहिलो जोखिम पनि नर्सहरुमा हुने गर्दछ । तर पनि उनीहरु हरपल बिरामीको स्वास्थ्य उपचारमै खटिरहेका छन् ।
हरेक समय बिरामीहरुको उपचारमा संलग्न रहेका नर्सहरुको सम्मानमा प्रत्येक वर्षको मे १२ लाई अन्तराष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गरिन्छ । नर्सिङका जन्मदाता फ्लोरेन्स नाइटिङगेलको जन्मदिनमा यो दिवस मनाउने गरिएको छ । उनकै सम्झनामा विभिन्न कार्यक्रमहरु गरी मनाउने गरिन्छ । प्रत्येक वर्ष नर्सहरुका लागि विभिन्न कार्यक्रमहरु मनाइने दिवस यस वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले सामान्य रुपमा मनाइएको छ ।
यसै बिच २ सय औं अन्तराष्ट्रिय नर्सिङ दिवस धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि मनाएको छ । प्रतिष्ठानमा रहेको ४० विभागमा कार्यरत नर्सहरुले आ–आफ्नै वार्डमा सामान्य कार्यक्रम गरी जन्मदाता फ्लोरेन्सको तश्वीरमा माल्र्यापण गर्दै मनाएको नर्सिङ इन्चार्ज उपेन्द्र यादवले बताए । उनका अनुसार कोरोनाको संक्रमणको जोखिममा पनि बिरामीहरुको उपचारका लागि प्रोत्साहन गर्न नर्सलाई पिपिइ सेट वितरण गरिएको छ । वडामा कार्यरत नर्सहरुलाई १ सय वटा पिपिइ प्रदान गरिएको उनले बताए । उनले भने, ‘बिरामीहरु सँग पहिलो सम्पर्क नै नर्सहरु हुन्छन्, यस्तो अवश्थामा पहिलो जोखिममा रहेका छन्, त्यसैले प्रोत्साहनका लागि पिपिइ सेट प्रदान गरिएको हो ।’
नेपाल नर्सिङ संघको निर्देशन अनुसार वडाहरुमा धेरै भिड नगरि सामाजिक दुरी कायम गर्दै दिवश मनाएको उनको भनाई छ ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved