नेपाली भुमि अतिक्रमणको विरोधमा धरानमा प्रदर्शन

  • वैशाख २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतले नेपाली भुमि मिचेर चिन जोड्ने सडक निर्माण गरेको विरोधमा धरानका सामाजिक अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् ।

सोमबार बिहान धरानका सामाजिक अभियन्ता सहित बुद्धिजिवीहरुले विरोध र्याली प्रदर्शन गरेका हुन् । भारतले नेपाली भुमि लिपुलेकमा चिन जाने सडक निर्माण गरेको थियो । त्यसैको विरोधमा धराने अभियन्ताहरु स्वस्फुर्त विरोधमा निस्किएका थिए । करिब दर्जन हाराहारीमा निस्कीएको विरोध र्यालीमा कालापानी, लिम्पियाधुरा लिपुलेक हाम्रो हो, अन्तराष्ट्रिय मान्यताको राष्ट्रिय नक्शा सार्वजनिक गर, भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भुमि फिर्ता गर, हामीलाई नेपाली माटो प्यारो छ, नेपाली भुमि माथि अतिक्रमण बन्द गर, लगायतका नारा लेखिएका पम्प्लेट बोकेर शान्तिपुर्ण विरोध प्रदर्शन गरेका थिए । र्याली जिरोप्वाइन्टमा पुगेर समापन भएको थियो ।

सामाजिक अभियन्ताहरुले जिरोपोइन्टमा केहीबोर सडकमा उभिएर बाटो पनि अवरुद्ध पारेका थिए । विरोध र्यालीमा सहभागी बुद्धिजिवि एवं अर्थशास्त्रका प्राध्यापक डा.राजेन्द्र शर्माले १८१६ को सुगौली सन्धीभन्दा पृथक ढंगले भारतले नेपाली भुमी दाबी गर्न थालेको बताए । भारतले नेपाली भुमी आफ्नो मात्र नभनेर कब्जा मात्र नगरेर लिपुलेक हुदै चीन छिर्ने बाटो पनि बनाएर उद्घाटन गरेको उनले बताए ।

सन् २००५ देखि नै भारतले निरन्तर नेपाली भुमी कब्जा गर्न थालेको भएपनि अहिले सडक पनि उद्घाटन गरिसके पछि मात्र नेपाली नेताहरुको विरोधको आवाज सुनिएको उनले बताए । राजमार्गको १९ किलोमिटर भुभाग नेपालभित्र पर्छ, त्यो कब्जा गरेको भुमी नेपाललाई फिर्ता हुनुपर्ने उनले दाबी गरे । द्धिदेशीय समझदारीबाट फिर्ता हुनुपर्ने र नभए अन्तराष्ट्रिय अदालत गुहार्नुपर्ने उनले बताए ।

सामाजिक अभियन्ता एवं पत्रकार महेश श्रेष्ठले आज राती ८ बजे ब्ल्याक आउट गरेर भारतीय अतिक्रमणको विराध गर्न सम्पुर्ण धरानबासी तथा आम नेपालीहरुमा आव्हान गरेका छन् । उनले सडकमा विरोध गर्न आउन नसकेपनि घरमै बसेर विरोध जनाउन राती ८ बजे ५ मिनेट बत्ती अफ गर्न सबैलाई आह्वान गरेका छन् ।

पाँच दिनदेखि बैठकमा ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ की २६ वर्षी ...

सुरुङ खनेर ८ कैदी भा ...

सुर्खेत । जिल्ला कारागार डोल्पाबाट आठ जना कैदी सुरुङ खन ...

सन्देश र बबिनाको तिह ...

 धरान/ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै ...

तमोर करिडोरको नावा ख ...

धरान/ अविरल वर्षाका कारण आएको बाढीले तमोर करिडोरअन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved