स्थानीय

    Showing ५,३११-५,३२० of ५,३६७ items.
  • बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११ सिल

    धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।  

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,२१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १० र ११ सिल

    धरान सशस्त्र प्रहरीका एक हवल्दार कोरोना संक्रमण पुष्टि भएपछि बराहक्षेत्र नगरपालिकाले वडा नं १० र ११ सिल गर्ने निर्णय गरेको छ । बराहक्षेत्र नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै अर्को सुचना जारी नभएसम्मको लागि वडा १० र ११ मा अस्पताल, स्वास्थ्य चौकी, मेडिकल, क्लिनिक, औषधी पसलबाहेक सम्पुर्णरुपमा आवागमन रोक लगाउने गरी पूर्णरुपमा शिल गरिएको जनाएको छ । वडा नं ११ मधुवनमा रहेका सशस्त्र हवल्दारको आवतजावत १० र ११ वडामा देखिएपछि थप संक्रमण फैलन नदिन दुवै वडा सिल गरिएको हो ।  

    • प्रकाशित मितिः जेठ ७, २०७७
    • १,१४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

    धनकुटा/ धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा आएका ८४ जनको स्वाब संकलन गरि धरान स्थित वि पि कोइरला स्वास्थ्य विज्ञानमा पठाएको थियो । परीक्षणको क्रममा ८४ जनामध्ये ५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । स्रोतका अनुसार संक्रमति हुनेमा चार पुरुष र एक महिला रहेका छन् । यो सगै धनकुटामा मात्र संक्रमितको संख्या ६ पुगेको छ भने प्रदेश १ मा संक्रमितको संख्या ५९ पुगेको छ ।

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • १,४७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ओपिडि खुले पछि चिकित्सक तथा स्थानीयवासी त्रसित

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गएको अवश्थामा धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ओपिडि सेवा शुरु गरे पछि स्थानीयहरु सहित प्रतिष्ठानमै कार्यरत चिकित्सक तथा कर्मचारीहरु पनि त्रसित बनेका छन् । स्थानीय प्रशासन, स्थानीय सरकार तथा चिकित्सकहरु सँगै समन्वय नगरी प्रतिष्ठानका उपकुलपतिको ठाडो निर्देशनमा ओपिडि सेवा संचालनले स्थानीयहरुमा त्रासको वातावरण तयार गरेको स्थानीय सहित चिकित्सकहरुले पनि आरोप लगाएका छन् ।पछिल्लो समय प्रदेश नम्बर १ मै पनि कोरोना संक्रमितको संख्या थपिदै गएको छ । प्रदेशका ७ जिल्लामा कोरोना संक्रमण भइसकेको पुष्टि भइसकेको छ भने थपिने क्रम पनि बढ्दै गएको अवश्था छ

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • १,४१० पटक पढिएको
    • "दिनेश गजमेर"
  • ईटहरीमा कोरोना संक्रमति भेटिएपछि २ र ३ वडा सिल, ५ दिन बजार बन्द गर्ने निणर्य

    धरान / विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्णरुपमा बन्द गर्ने र दुईवटा सिल गरिने भएको छ । इटहरी उपमहानगरपालिकामा बसेको सुरक्षा संयन्त्र सहितको बैठकले वडा नम्बर २ र ३ लाई शिल गर्ने निर्णय गरेको हो । त्यस्तै उपमहानगर क्षेत्रभित्रका पसलहरु समेत ५ दिन बन्द गर्ने समेत निर्णय गरेको छ । विश्वभर महामरी को रुपमा फैलिदै गएको कोरोना भाइरसको कारण विश्व त्रसित बन्दैगएको छ । हिजो र आज गरि सुन्सरीमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि ईटहरी बजार ५ दिन पूर्ण

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • १,८८२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीका एक जना सहित सुनसरीमा थप दुईजनामा कोरोना संक्रमण

    धरान सुनसरीका थप दुई जनमा कोरोना संक्रमण देखिएको छ । धरान स्थित वि पी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा ईटहरीका १८ वर्षीय युवा मा र पश्चिम कुशाहमा टिउटीमा खटिएका सश्स्त्रका हवल्दारमा संक्राण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधकारीक पुष्टि भने हुने बाँकी रहेको छ ।स्रोतका उनसार ईटहरीको युवा वि पीको आईसोलेशनमा रहेको जनाइएको छ । यो सगै सुनसरीमा मात्र ३ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो राति कोरोना पुष्टि भएको गढीगाँउका युवा सगै धरान आएको एक जना पब्लीक स्कुको क्वारेन्टाइनमा रहेको र उनको हिजो नै नमुना संकलन गरि परीक्षणको लागि पठाइसकिएको छ ।  

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • १,८०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित धनकुटाकी नर्सले विपी रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ

    कोरोना संक्रमण पुष्टि भएकी धनकुटाकी नर्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरेकी सुत्केरी महिलाको पिसिआर रिपोर्ट नगेटिभ आएको छ । ती युवतीको सोमबार राति रोपोर्ट नेगेटिभ आएसगै प्रसुती वार्ड सुचारू गरेएको प्रसुती विभाग प्रमुख प्रा. डा. मोहनचन्द्र रेग्मीले बताएका छन । धनकुटाकी संक्रमित नर्सको कन्ट्याक्ट ट्रेसिङको क्रममा उनले जाँचेर एक सुत्केरी महिलालाई विपी रिफर भएको खुलेपछी ती महिलालाई आइसोलेसनमा राखेर स्वाब संकलन गरि परिक्षणको लागी पठाइएको थियो । सम्भाविथ जोखिम न्युनिकरणको लागी हिजो वीपी प्रतिष्ठानको प्रसुती वार्डलाई सिल गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ ६, २०७७
    • १,७११ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी पनि अब कोरोना बाट अछुतो रहेन

    धरान नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितहरुको संख्या ३७५ पुगेको छ । तराइ का जिल्ला मध्ये कोरोना को संक्रमण देखिन बाँकी रहेको सुनसरीमा पनि कोरोना भाइरसको सक्रमित भेटिएका छन ।सुनसरी जिल्लाको गढी गाउपालिकाका एक व्यक्तिमा संक्रमण देखियो । केही दिन अघि भारतबाट आएका उनको स्वाब वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरी, दैलेख ,झापा , खोटाङका १ १, धनुषाका २ र दैलेखका १२ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।  

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • २,७९३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ?

    विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेठ ६ गते बाट ओपिडी सेवा सुरु गर्न लागेको छ । यो कार्यले कोरोना संक्रमण नियन्त्रण हैन फैलन सक्छ । म मेरो तर्फबाट प्रतिष्ठान प्रशासनलाई निम्न सुझाबहरु दिन चाहान्छु । विपी प्रतिष्ठानले सरकारलाई च्यालेन्ज गरेको की कोरोनालाई ? १.कोरोनाको एक जनापनि संक्रमित नदेखिएको अबस्थामा जोखिमपुर्ण हुने भन्दै बन्द गरिएको प्रतिष्ठानको ओपिड सेवा कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको अबस्थामा खोल्दा जोखिम कम हुन्छ की बढ्छ ? २.ओपिडी सेवा सुरु गरेपछि बाटोमा भिडभाड हुन्छ । सरकारले जारी गरेका पास पनि खारेज गरेर बाहिर सडकलाई शुनसान बनाउन खोज्दै छ,अनी वीपीमा ओपिडीको सेवा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • २,७०४ पटक पढिएको
    • "योगेशबाबु काफ्ले"
  • धरानमा कोरोनाको जोखिम बढाउँदै वीपी प्रतिष्ठान

    धरान । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रोकथामका लागि सरकारले चैत्र ११ गते देखि लकडाउनको घोषणा गरे पनि धरान उपमहानगरपालिकामा भने चैत्र १० गते देखि लकडाउन शुरु भएको थियो । धरान स्थिती वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा लिन आउने बिरामीको चाप र व्यवस्थापनमा कठिनाई हुने भए पछि प्रतिष्ठानकै चिकित्सक तथा पदाधिकारीहरुको आग्रहमा धरानलाइ चैत्र १० गते नै लकडाउन घोषणा गरिएको थियो । तर पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गइरहेकै अवश्थामा एकाएक मंगलबार देखि प्रतिष्ठानको ओपिडि सेवा शुरु गर्ने भएको छ । स्थानीय तहको कुनै समन्वय तथा छलफल नै नगरी प्रतिष्ठानले ओपिडि सेवा शुरु गरेको प्रति धरा

    • प्रकाशित मितिः जेठ ५, २०७७
    • १,०३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved