स्थानीय

    Showing ५,२०१-५,२१० of ५,३६५ items.
  • धरानको विपीबाट ४ जना डिस्चार्ज

    धरान /  धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप ४ जना प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार प्रतिष्ठानमा हाल जम्मा १ सय २ जना संक्रमित उपचाररत छन् भने २ सय ९६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् । सय हाल सम्म प्रतिष्ठानमा २० हजार १७५ पिसि आर परिक्षण गरिएको छ भने पछिल्लो २४ घण्टामा ३ जना नयाँ भर्ति भएका छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • ८६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरका ६ जना पत्रकारलाई कोरोना संक्रमण

    विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमाबार साँझको रिर्पोट अनुसार विराटनगरमा थप २३ जनामा संक्रमण देखिएको छ । पछिल्लो परीक्षणमा स्थानीय दैनिकका पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् । पत्रकारले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधान रहन र परीक्षण गर्न आग्रह गरेका छ्न ।संक्रमण भएका पत्रकार आईसोलेसनमा छन् ।

    • प्रकाशित मितिः साउन २७, २०७७
    • १,४६६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सशस्त्र द्वन्द्व र ग्रामीण पत्रकारितालाई आँखीझ्यालबाट नियाल्दाः हिमाल राई

    पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा त हुँदै हो । अझ द्वन्द्वकालीन समयका पत्रकार दुईधारी तरबारका धार टेकी हिंड्ने यात्री हुन्, चिप्लिए सकिए । २०५२ सालबाट माओवादीले देशमा सशत्र विद्रोहको थालनी गर्यो। मुलुकमा जनताले दुई बन्दुकहरुको नोखमा दैनिकी चलाउनुपर्ने भयो । एकातिर राज्यका प्रहरी र सेना अर्कातिर विद्रोही माओवादीको लालसेना । माओवादीले गाउँ, बजार, जिल्ला कब्जा गरी जनसरकारको घोषणा गरिरहेका थिए । जनअदालत निर्माण गरिरहेका थिए । यतातिर स्वतन्त्र, तटस्थ र जिम्मेवार पत्रकारितालाई निरन्तरता दिनुपर्ने कठिन घडी थियो । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्ति सीमिति थिए । राज्य र विद्रोही दुवैको नज

    • प्रकाशित मितिः साउन २७, २०७७
    • २,०४८ पटक पढिएको
    • " हिमाल राई / वराहक्षेत्र "
  • सिरहाका कोरोना संक्रमीत युवाको धरान स्थित बिपि प्रतिष्ठानमा मृत्यु

    धरान । बिगत २ वर्ष देखि डायलासिस गराइरहेका कोरोना संक्रमित सिरहाका एक युवाको मृत्यु भएको छ । बुधबार उनिमा कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुरमा डायलासिस गराइ रहेको उनको स्वास्थ्यमा समस्या बढदै गए पछि बिहिबार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरिएको थियो । डायलासिसको क्रममै उनको मृत्यु भएको प्रतिष्ठानका प्रबक्ता डा। निदेश सापकोटाले बताए । जनकपुरबाट रिफर भएर आएका २५ बर्षीय युवाको हिजो राती १० बजेर ४५ मिनेटमा निधन भएको सापकोटाले जानकारी दिए । मृतक सिरहाको गोलबजार निवासी हुन् । मृतकको शव पठाउनको लागि आवश्यक समन्वय भइरहेको पनि प्रवक्ता डा।सापकोटाले जानकारी दिए

    • प्रकाशित मितिः साउन २३, २०७७
    • १,४०८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नरेन्द्र पथ स्थित सब्जिमन्डीका तरकारी ब्यापारीमा कोरोना संक्रमण

    धरान ।दुई साता अघि भारतको बिहार बाट आएका धरानका एक तरकारी ब्यापरी मा पनि कोरोना पुष्टि भएको छ । धरान ९ मा डेरा गरि बस्ने ती व्यापारीमा कोरोना संक्रमण पुष्टि भएको हो । धरान २ स्थित भानुचोकको नरेन्द्र पथस्थित सब्जी मण्डीमा तरकारी व्यापार गर्दै आएका थिए । स्वाब संकलन गर्नुअघिसम्म उनी तरकारी बिक्री गर्न जाने गरेको पाइएको छ । तरकारी बिक्री गर्ने क्रममा उनको धेरै जना सङ सम्पर्क भएको हुन सक्ने भएकोले कोरोना संक्रमण फैलिन सक्ने देखिएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार संक्रमित सब्जी व्यापारीको बुबाको भने रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ सब्जी व्यापारीको कन्ट्याक धेरै जना ग्राहकसँग

    • प्रकाशित मितिः साउन २२, २०७७
    • २,०६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा आज १२ बजे राति देखि लागु हने गरि २८ गते सम्म लकडाउनको घोषण

    धरान / विश्वव्यपी महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलदै गएपछि धरान उपमहानगरपालिकाले लकडाउनको घोषण गरेको छ । आज विहान उपमहानगरापलिकामा बसेको बैठकले आज राति १२ बजे पछि लागु हुने गरि ७ दिनको लागि लकडाउन गर्ने निर्णय गरेको हो । औषधी पसलबाहेक सबै पसल, व्यवसाय तथा सवारीसाधनहरु बन्द गर्ने निर्णय भएको बैठकमा सहभागि एक वडाध्यक्षले बताए ।

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ३,३१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी आयोजनाको पाईप तडोफोड गरेको आरोपमा हर्क साम्पाङ पक्राउ

    धरान खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन भत्काइएको घटनामा संलगन हर्क साम्पाङलाई आज बेलुकी पक्राउ गरेको छ । ई प्र का धरानका डिएसपी ज्ञानेन्द« बा बस्नेतका अनुसार खानेपानि बोर्डले दिइएको उजुरिका आधरमा साम्पाङलाई पक्राउ गरिएको हो । तोडफोडको घटनामा धरान खानेपानि संस्थानका अध्यक्षको नाम समेत मुछिएकोमा नेकपा , नेपाली काङग्रेस धरान कमीटिले छुट्टा छुट्टै विज्ञप्ति मार्फत दोषीलाई कानुन बमोजिम कार्वहीको माग गरेका थिए । तोडफोडबाट डेढ लाख बाराबरको क्षती भएको बताइएको छ ।

    • प्रकाशित मितिः साउन २०, २०७७
    • १,६७८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी आयोजनाको पाईप तडोफोड गर्नेलाई कडा कार्वाही हुनुपर्ने काङग्रेस र नेकपाको माग

    धरान/ खानेपानी बोर्डद्वारा बिस्तार गरिएको धरान १३ स्थित सर्दु खोला मुहानमा रहेको पाइपलाइन र खर्दुको सेडिमेन्ट ट्यांकी बाट ल्याएको खानेपानीको पाइपलाइन खानेपानी संस्थाका प्रमुख सहितको संलगनतामा भत्काइएका घटना प्रति नेपाली काङग्रसे र नेकपाले गम्भिर ध्यानाकषर्ण भएको बताएका छन् । नेकपा र काङग्रेस धराननगर कमिटिले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै खानेपानि जस्तो संवेदनशिल क्षेत्रमा तोडफोड गर्ने जो कोहीलाई कानुन बमोजिम कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छन् । नेकपा द्वारा विज्ञप्तिमा खानेपानिको आपुर्तिमा समस्या श्रृजना गर्ने जस्तो अमानविय कार्य भएको हुदाँ हर्क सामपाङ जस्ता अराजक व्यक्तीलाई तत्का

    • प्रकाशित मितिः साउन २०, २०७७
    • ९७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पृती भल्भ उद्योगका सम्पर्कमा रहेका थप २ जनामा कोरोना संक्रमण

     धरान । औद्योगिक क्षेत्र भित्रको पृती भल्भ उद्योगका कर्मचारीको कन्ट्याक्ट् ट्रेसिङमा रहेका अन्यमा पनि कोरोना संक्रमण देखिएका छन् । उद्योगमा काम गर्नेहरु बाटै धरानमा कोरोना संक्रमण फैलिदै गएको हो । मंगलबार थपिएको २ जना कोरोना सन्क्रमित पनि उद्योगकै कर्मचारीको कन्ट्याक्ट्मा रहेका थिए । आज थपिएका कोरोना संक्रमित धरान १५ का ४३ वर्षीय पुरुष र धरान १ का १ जना २० वर्षीय पुरुष रहेका छन् । उनी हरु दुबै जनामा कोरोना सन्क्रमित को सम्पर्कमा थिए । धरान १५ का ब्यक्तिका दाजु लाई सोमबार कोरोना पुष्टि भएको थियो भने धरान १ का ब्यक्ती १३ का कोरोना सन्क्रमित को सम्पर्कमा थिए । यसै गरी अर्को एक जना धरान १८

    • प्रकाशित मितिः साउन २०, २०७७
    • १,२२१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानी परियोजनामा संस्थानको दादागिरी, तोडफोडबाट करिब डेढ लाखको क्षती

    धरान । धरानको खानेपानी परियोजनालाई असफल बनाउन खानेपानी संस्थानकै प्रमुखको अगुवाईमा दादागिरी शुरु भएको छ । धरान खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी बोर्डमा हस्तान्तरण गर्न मन्त्रीपरिषदको निर्णय भए पनि संस्थानका प्रमुखको अगुवाईमा आइयुडिपी परियोजनाले निर्माण गरेको पाइपलाइन भत्काईदिएको छ । परियोजना शुरुवात देखिनै खानेपानी संस्थानले परियोजनाको विरोध गर्दै आएको थियो । संस्थानलाई बोर्डमा समायोजन गर्न नहुँने भन्दै विरोध गरिरेका संस्थानका कर्मचारीले दादागिरी शैलिमा सार्वजनिक सम्पत्ति तोडफोड गरेका छन् । आइतबार दिउँसो ४ बजेको समयमा खानेपानी संस्थानका प्रमुख राम श्रेष्ठको अगुवाईमा गएक

    • प्रकाशित मितिः साउन १९, २०७७
    • १,२५५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved