स्थानीय

    Showing ५,१६१-५,१७० of ५,३६५ items.
  • कोरोना पुष्टि भएका दुई जनाको कोभिड अस्पतालमा मृत्यु

    धरान । कोरोना संक्रमण पुष्टि भएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । विहिबार राती उपचारमा रहेका सप्तरीको राजविराज ३ का एक ७० वर्षिय पुरुष र मोरङ कानेपोखरी १ का ५५ वर्षिय पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृत्तक मध्ये राजविराज ३ का पुरुषलाई गजेन्द्र नारायण सिंह अस्पतालबाट भदौ २५ गते कोरोना संक्रमण देखिए पछि प्रतिष्ठान स्थित कोभिड अस्पतालमा रिफर गरिएको थियो । उनलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन र नेमोनियाको लक्षण देखिएको थियो । दिर्घरोगको विषयमा कुनै जानकारी नरहे

    • प्रकाशित मितिः असोज ९, २०७७
    • १,२०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानका पुर्व नगर पञ्चायत सदस्य आचार्यको ८७ वर्षको उमेरमा निधन

    धरान । तत्कालिन धरान नगर पञ्चायत सदस्य तथा रातिनितिज्ञ यज्ञप्रसाद आचार्यको निधन भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि काठमाण्डौ स्थित नर्भिक अस्पातलको आइसियूमा उपचारको क्रममा ८७ वर्षीय आचार्यको मंगलबार साँझ मृत्यु भएको हो । आचार्यको मृगौला र मुटुको पनि समस्या रहेको थियो ।उनि २०१६ साल देखि तीनपटक सम्म धरान नगर पञ्चायतको नगर सदस्यमा निर्वाचित भएका थिए भने तत्कालिन वडा नम्बर ४ का वडाअध्यक्ष समेत बनेका थिए । धनकुटाको छथर स्थित तेलिया पिपलेमा वि सं १९९० सालमा जन्मिएका उनि नेपालको विभिन्न राजनितिक आन्दोलनमा सकृय रहेका थिए ।उनि स्नात्तकोत्तर परीक्षा उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति मानिन्छन् । आचार्

    • प्रकाशित मितिः असोज ७, २०७७
    • १,१८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइसोलेसनमा चोरीः संक्रमित निको भएपछि तन्नाडस्ना सबै गायब

    वराहक्षेत्र १ चतरास्थित आइसोलेसन भवनमा संक्रमितहरुले संक्रमणमूक्त भएपछि चोरी गर्ने गरेको खुलेको छ । आइसोलेसनका क्रममा बस्दा संक्रमितलाई प्रयोगका लागि उपलब्ध गराइएको इलेक्ट्रोनिक्स जग, मल्टी बोड, ब्ल्यान्केट, तन्ना, थर्मोमिटर, झूल र सिरानीको खोल समेत बोकेर साथै लाने गरेको पाइएको छ । आइसोलेसनमा कार्यरत अहेब प्रमोद यादबका अनुसार कोरोना संक्रमण भएर आउनेहरुले चोरी गरेर लाने गरेका हुन् । आइसोलेसनबाट सामान बोकी लानेहरुले अमानवीय व्यवहार देखाएको उनले गुनासो गरे । संक्रमणमूक्त हुनेको उत्साहजनक तथ्यांकवराहक्षेत्र १ स्थित चतरा आइसोलेसनमा रहेका कोभिड– १९ संक्रमितहरु संक्रमण मूक्त भई घर फर्किरहे

    • प्रकाशित मितिः असोज ३, २०७७
    • १,७२९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अब धरानमा घरमै बसेर अनलाईनबाट कर तिर्न सकिने

    धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ । धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महा

    • प्रकाशित मितिः असोज १, २०७७
    • १,५३५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बिपिका उपकुलपतिको सम्पर्कमा रहेका अन्य पदाधिकारीको रिपोर्ट नेगेटिभ

    धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर र रजिस्ट्रार सहित अन्य कर्मचारीको स्वाब परिक्षण नेगेटिभ आएको छ ।गत सोमबार प्रतिष्ठानका उपकुलपति डा।ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेका अन्य पदाधिकारी र कर्मचारीहरुको स्वाब परीक्षण गरिएको थियो । उपकुलपतिको सम्पर्कमा आएका प्रतिष्ठानकै रेक्टर डा।गुरु खनाल, रजिष्ट्रार डा।मोहनचन्द्र रेग्मी, प्रवक्ता डा।निदेश सापकोटासहित कर्मचारी प्रशासनका उमेश कोइराला, दिव्यराज थापाको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सबैको रिपोर्ट नेगेटिभ आए पनि पदाधिकारीहरु केही दिन भेटघाट भने बन्द गर्ने भएका छन् । प्रतिष्ठानका पदा

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • १,०४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानमा उपचारको क्रममा धरान १७ का थप एक संक्रमितको मृत्यु

    धरान / धरान स्थित वीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना वृद्धको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार धरान १७ को ७० वर्षीय पुरुषको मंगलबार उपचारमा क्रममा २ः२०मा मृत्यु भएको हो । प्रतिषठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार मृतकलाई ज्वरो , खोकी , श्वासप्रश्वासमा समस्या देखिएपछि गत भदौ २७ गते प्रतिष्ठानमा भर्ना गरिएको र उपचारको क्रममा २९ गते रिपोर्ट पोजेटिभ आएको हो । सापकोटका अनुसार मृतकलाई उच्च रक्तचापको समस्या रहेको र सन् २००८ मा हृदयघात भएर स्टेन्ट पनि राखिएको थियो । यो सगै  सुनसरीमा मृतकको संख्या ८ पुगेको छ भने धरानमा मात्रै मृतकको संख्या ७ पुगेको छ ।

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • ८०१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका जेआरहरु द्वारा बुधबार देखि कोभिड ड्युटी पनि नगर्ने घोषणा

    धरान । कोरोना महामारीमा पनि फ्रन्टलाईनमा बसेर काम गरिरहेका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट चिकित्सकहरुको आन्दोलनका मागहरु प्रति व्यवस्थापनले वेवास्था गरेको भन्दै बुधबार देखि कोरोना सम्बन्धित ड्युटी समेत बहिष्कार गर्ने घोषणा गरेका छन् । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले मंगलबार विज्ञप्ती जारी गर्दै पदाधिकारीहरु क्वारेन्टाइन बस्नु परेको बहानामा प्रतिष्ठान प्रशासनले वार्ताको लागि कुनै चासो र तदारुकता नदेखाएको जनाएको छ । उनीहरुले भर्चुअल माध्यम भिडियो कन्फेरेन्स मार्फत जिम्मेवार पदाधिकारीबाट मागहरुको यथाशिघ्र सम्बोधन र कार्यान्यवन गर्दै काममा फर्कने वातावर

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • १,१६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चित्रकला प्रतियोगिता गर्दै मनायो वडा ३ ले बालदिवस

    धरान । कोरोनाको महामारीका बिचमा पनि धरानको वडा नम्बर ३ ले सुरक्षा सामग्री वितरण गर्दै विभिन्न कार्यक्रम सहित २९ औं बालदिवस मनाएको छ । वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सुरक्षासामग्री वितरण गर्नुका साथै उत्कृष्ठ चित्र बनाउने बालबालिकाहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । वडा नम्बर तिनका वडा सदस्य बिकाश बनेपालिका अनुसार कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई घरमै बसेर चित्र बनाउन आग्रह गरेको थियो । बालबालिकाहरुले पठाएका चित्रहरु मध्ये उत्कृष्ठ ५ वटा छानिएका थिए । उत्कृष्ठ पाँच मध्ये प्राति श्रेष्ठको चित्र प्रथम हुदैं नगद दुुई हजार सहित पुरस्कृत भएकी छिन् । त्यसै गरि द्वि

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • १,५६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीका जेआर आन्दोलनमा, समस्या समाधान गर्न निर्देशकलाई निर्देशन दिए पनि लिखित प्रतिबद्धता नआए सम्म आन्दोलन जारी रहने

    धरान । सेवा सुविधाको माग गर्दै आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जुनियर रेसिडेन्टहरुको समस्या समाधान गर्न प्रतिष्ठानका निर्देशकलाई जिम्मेवारी दिए पनि लिखित प्रतिबद्धता नआए सम्म जेआरहरु आन्दोलनमै रहने भएका छन् । कोरोनाको जोखिममा पनि फ्रन्टलाईनमा बसेर बिरामीको उपचारमा रहेका चिकित्सकहरुको सेवा सुविधाको माग गर्दै जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले आन्दोलनको घोषणा गरेको छ । सोमबार बिहानै देखि आकस्मीक सेवा बाहेकका अन्य सेवाहरुमा सहभागि नहुने भन्दै जेआरहरुले प्रतिष्ठानका उपकुलपतिको कार्यलय अघि धर्ना दिएका छन् । धर्नामा बसे पछि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले छलफलका लाग

    • प्रकाशित मितिः भदौ २९, २०७७
    • १,०८६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा

    धरान (२०७७-०५-२६) – धरान ९ बगैँचा लाइन स्थित समिट हाइयर सेकेन्ड्री स्कुलमा कक्षा ११ को लागी पहिलो प्रवेश परीक्षा शुक्रबार विधालयमा नै सम्पन्न भएको छ । स्कुलको दोश्रो प्रवेश परीक्षा भने आइतबार हुनेछ । समिटमा आज विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म व्यवस्थापन संकाय अर्न्तगत होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरीजम, कम्प्युटर साइन्स र एजुकेशन संकायमा परीक्षा सम्पन्न भएको प्रिन्सिपल रमेश दाहालले बताए । 

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • ७४२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved