अब धरानमा घरमै बसेर अनलाईनबाट कर तिर्न सकिने " (प्रक्रियाबारे जानकारी लिन तलको भिडियो हेर्नहोस ) "

  • असोज १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकालाई कर तिर्न लाइन बस्नु पर्ने तथा नगरपालिकानै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । देशमै पहिलो पटक धरान उपमहानगरपालिकाले अनलाईनबाटै कर तिर्न सकिने प्रणाली शुरु गरे पछि घर मै बसेर कर तिर्न सकिने भएको छ ।

धरान उपमहानगरपालिकालाई करदातामैत्री बनाउन अनलाईन प्रणालीबाट कर तिर्न सकिने व्यवस्था गरेको हो । उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको छ । सेवाग्राहीले आफुले तिर्नु पर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको धरान उपमहानगरपालिकाका सुचना महाशाखा प्रमुख खगेन्द्र खतिवडाले बताए ।

सेवाग्राहीले मोवाइलमा ‘connect IPS / eSEWA’ बाट उपमहानगरमा बुझाउनु पर्ने भुमी कर, घर तथा घर बाहाल कर, व्यवसाय कर लगायत सम्पूर्ण करको भुक्तानी गर्ने व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘सेवाग्राहीले उपमहानगरलाई आफुले बुझाउनु पर्ने सम्पूर्ण कर अनलाइन प्रणाली मार्फत विश्वको जुनसुकै ठाउँमा बसेर कर बुझाउन सक्नु हुनेछ ।’

करदाताले धरान उपमहानगरपालिकाको वेभसाइट ‘eservice.dharan.gov.np’ मा गएर आफुले बुझाउनु पर्ने शुल्क थाहा पाउने छन् । तर, करदाताले आफ्नो इमेल ठेगाना र मोवाइल नम्बर करको सिस्टममा अद्यावधिक भने गर्नुपर्नेछ । करदाताले आफुले विगतमा तिरेको करको रसिद लगेर वडा कार्यालयमा गएर आफ्नो डिटेल टिपाउनु पर्नेछ ।

सेवाग्राहीको सहजताको लागि वडामा कर तिर्ने व्यवस्था गरिएको बताउदै अधिकृत खतिवडाले अब सेवाग्राहीको घर–घरमा कर प्रणाली सेवा पुर्याइएको बताए । उनले भने, ‘हामीले सेवाग्राहीको सहजताको लागि वडा वडामा कर तिर्ने व्यवस्था गरेका छौं, अब यो सेवा घरघरमा पुर्याउन सुरु गर्न लागेका छौं, कार्यालयमा आएर लाइन बसेर तिर्ने झन्झटको अन्त्य गर्नको लागि यो सेवा सुरु गर्न लागेको हो ।’ 

यो सेवा विद्युत र खानेपानीको विल भुक्तानी गरे जस्तै सजिलो हुनेछ । गत वर्षदेखी नै अनलाइन प्रणालीको सुरुवात गदै लाने योजना अनुसार सुरुवात गर्न लागिएको अधिकृत खतिवडाको भनाई छ । सेवाग्राहीको सहजताको लागि यसरी नै क्रमागत रुपमा सिस्टमको विकास गदै लगिने खतिवडाले बताए ।

अनलाईनबाट कर तिर्ने प्रणालीले धरानको राजस्व संकलनमा पनि टेवा पुग्ने धरान उमपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले बताईन् । धरानका स्थानीयहरु देश तथा विदेशका विभिन्न स्थानहरुमा रहेकाले समयमै कर तिर्न असमर्थ हुने गरेकाले अनलाईन प्रक्रियाबाट सहज हुने उनको भनाई छ । उनले भनिन्, धरानमा घर भई देश तथा विदेशमा रहेका धरानेहरुलाई अब कर तिर्न सहज हुनेछ भने राजस्व संकलनमा पनि सहयोग पुग्नेछ ।

विहिबार देखि शुरु भएको अनलाईन प्रणाली मेयर तिलक राई र उपमेयर सुवेदीले आफ्नो भुमिकर तिरेर अनलाईनको शुरुवात गरेका थिए ।

 

साउदी अरबमा अलपत्र प ...

काठमाडौं/  प्रतिनिधिसभाको मंगलबारको बैठकमा ने ...

३० दिनभित्र अनुभूति ...

विराटनगर/ गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका सुर ...

युवतीको बलात्कारपछि ...

काठमाडौं/  काठमाडौंको बागबजारस्थित एक गेस्ट ह ...

कोशी बाल सुधार गृहबा ...

मोरङ/ विराटनगर–३ स्थित कोशी बाल सुधार गृहबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved