स्थानीय

    Showing ५,०३१-५,०४० of ५,३६५ items.
  • इटहरीको मुक्तिघाटमा शव जलाउन नदिएपछि विवाद

    इटहरी । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको अन्तिम संस्कार गर्न इटहरीस्थित बुढि गंगा मुक्तिघाटमा स्थानीयले शव जलाउन नदिए पछि बिवाद चर्किएको छ । मुक्तिघाट संरक्षण समितिको आदेश भन्दै स्थानीयहरूले विगत एक साता देखि कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव जलाउन दिइएका छैनन् । शव ब्यवस्थापनकै निमित्त निर्माण गरिएको घाटमा अन्तिम संस्कार गर्न नदिएपछि मृतकका आफन्तहरूले प्रहरी गुहार्नु परेको छ । केहि दिन अघि सप्तकोशि एफएमका स्टेसन म्यानेजर तथा स्वतन्त्र रेडियोको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (बान)का अध्यक्ष चन्द्र न्यौपानेको संक्रमणकै कारण ज्यान गएको थियो । उनको शवलाई पनि घाटका संरक्षण समिति

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १,९३० पटक पढिएको
    • "तेजबहादुर बन"
  • अध्ययन नगरि बनाएको कल्भर्ट एक वर्षमै भत्कायो

    बराहक्षेत्र । एक वर्ष अघि बनाएको कल्भर्ट बराहक्षेत्र नगरपालिका आफैले भत्काएको छ । कल्भर्ट बनाउन खर्चेको १५ लाख रुपैया पानीमै बगाएको छ । कल्भर्ट बने पछि वर्षाको समयमा खोलाले स्थानीयको खेतबारी नै बगाउन थाले पछि नगरपालिकाले नै कल्भर्ट भत्काउन लगाएको छ । नगरपालिकाका इन्जिनियरले बिना डिजाइन र त्यसको प्रभावको अध्ययन नगरि कल्भर्ट बनाउँन पुनः भत्काउनु परेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट वडा नम्बर २ र ७ जोड्ने गहने खोलामा कल्भर्ट बनाएको थियो । गत विहिबार देखि स्काभेटर लगाएर कल्भर्ट सहित २ सय मिटर ट्रयाक भत्काउन थालेको छ । नगरपालिकाबाट बिनियोजित १५ लाख रुपैयाको बजेटमा उपभोक्त

    • प्रकाशित मितिः जेठ १८, २०७८
    • १,११७ पटक पढिएको
    • "संगम विष्ट"
  • बिकाश निर्माण र कृषि उत्पादन बोकेका सवारीलाई बाधा नगर्ने

    इटहरी । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले मंगलबारबाट निषेधाज्ञालाइ केहि मात्रामा खुकुलो बनाउने निर्णय गरेको छ । आइतबार बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को सामुहिक बैठकले बिकाश निर्माणमा कुनै बाधा नपुग्ने गरी मालबाहक ट्रिपर तथा कृषि उत्पादनहरु बोकेका सवारीहरूलाइ निर्वाध सञ्चालन गर्न दिइने गरी निर्णय भएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशप्रशाद ढकालको संयोजकत्वमा बसेको बैठकले जिल्लामा अत्यन्तै कडाइका साथ पालना हुदै आएको निषेधाज्ञालाइ मंगलबारदेखि केहि मात्रामा सहज हुनेगरी खुकुलो बनाउने निर्णय गरेको हो । कृषि क्षेत्रमा कार्यरत मजदुर तथा बिकाश निर्माण क्षेत्रमा का

    • प्रकाशित मितिः जेठ १७, २०७८
    • २,६०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खोप खरिदको माग गर्दै धरानले बुझायो स्वास्थ्य मन्त्रालयलाई पत्र

    धरान । पछिल्लो समय कोभिड–१९ को संक्रमणदर बढ्दै गएको अवश्थामा धरान उपमहानगरपालिकाले आफै खोप खरिद गर्ने भएको छ । संघिय तथा प्रदेश सरकारबाट पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसकेकोले धरान उपमहानगरपालिकाका नागरिकलाई खोप लगायन आफै खदिर गर्न लागेको हो । मेयर तिलक राईले नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा खोप खरिद स्वीकृतिको लागि माग गर्दै पत्र पठाएका छन् । उनले प्रधानमन्त्री कार्यालय सहित प्रदेश १ का मुख्यमन्त्री कार्यालय, सामाजिक विकाश मन्त्रालय प्रदेश १ लाई बोधार्थ दिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै मेयर राईले १८ वर्ष माथिका एक लाख नागर

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,७६० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मोरङमा निषेधाज्ञा थपियो

    विराटनगर । मोरङमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण को दोस्रो लहरको अधिक असर पर्न शुरु भएपछि पहिलो पटक बैसाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,२४० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको हरियाली आइसोलनमा बसेका संक्रमितको स्वास्थ्य अवश्था सामान्य

    धरान । हरियाली सामुदायिक वनको भवनमा संचालन भएको आइसोलेसन केन्द्रको धरान उपमहानगरपालिकाले निरिक्षण गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा संचालन रहेको आइसोलेसन केन्द्रको आज धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहितको टोलिले निरिक्षण गरेको हो । कोभिड संक्रमितका लागि २५ वेड क्षमताको आइसोलेसन केन्द्र जेठ १ गते देखि संचालनमा आएको हो । केन्द्रमा ७ जना कोभिड संक्रमित विरामी बसेका छन् । केन्द्रको निरिक्षण गर्दै मेयरले कोरोना संक्रमितहरुको उपचारमा कुनै पनि कमी आउन नदिने बताए । अक्सिजन सहितको केन्द्रमा रहेका बिरामीहरुको स्वास्थ्य अवश्थामा सुधार आइरहेको जनाएको छ । केन्द्रमा कोरोना संक्रमित सं

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,१३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वराह कुण्डको जिर्णोद्वार

    बराहक्षेत्र । सुनसरीको वराहक्षेत्र धाममा रहेको वराह कुण्डको पुनः निर्माण गर्न थालिएको छ । २०७२ सालको भूकम्प पछि हरेक वर्षाको समयमा कोशीको वेगले कुण्ड पश्चिम तिरको जमिन धस्सिन थाले पछि कुण्डको आधा भागमा क्षति भएको थियो । धर्तीमा डुब्न लागेको पृथ्वीलाई बँदेल रुप धारण गरि वराह भगबानले सुढोबाट जोगाएको मुर्ति रहेको वराह कुण्डका मन्दिर दर्शन आउने पर्यटकहरु तस्बिर खिच्ने, बिश्राम गर्ने गर्छन । कुण्डको जिर्णोद्वार तथा क्षति भएको आधा भाग पुनर्निर्माणको काम वराहक्षेत्र संरक्षण मञ्चले सुरु गरेको छ । संरक्षण मञ्च मार्फत नै २०६५ सालमा निर्माण भएको कुण्डको संरक्षण हुँदै आएको छ । मञ्चले नै पुनः निर्माण था

    • प्रकाशित मितिः जेठ १६, २०७८
    • १,१०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राष्ट्रिय एकतालाई सुदृढ बनाउन गणतन्त्र दिवसको अवसरमा धरानका मेयरको अपिल

    धरान । गणतन्त्रलाई संस्थागत गर्न देशको राष्ट्रिय एकतालाई अझै सुदृढ बनाएर देशलाई आर्थिक विकासको मार्गमा अगाडी बढाउन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आग्रह गरेका छन् । उनले आज गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर हुन पनि सबैमा आग्रह गरेका छन् । उनले गणतन्त्र दिवस २०७८ को अबसरमा शुभकामना व्यक्त गरेका छन् । मेयर राईले हालको परिस्थितिमा कोभिड–१९ विरुद्धको अभियानमा सबै एकजुट भई उच्च मनोबलका साथ सफल बनाउन समेत नगरवासीमा आग्रह गरेका छन् । सन्देशमा उनले गत वर्षदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न र सुरक्षित रहन पनि अपिल गरेका छन् । शुभ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • १,२९२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रिबजेट छलफल नगरि अध्यादेशबाट करिब १६ खर्बको बजेट सार्वजनिक हुँदै

    धरान । संसद विघटन भएकाले प्रिबजेट छलफलै नगरी सरकारले निती तथा कार्यक्रम बिनाको बजेट सार्वजनिक गर्ने भएको छ । कोरोना महामारी बिच आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट करिब १६ खर्बको हुने भएको छ । आज दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदैछ । संविधान अनुसार नयाँ बजेट सार्वजनिक हुनुअघि कम्तीमा १५ दिनअगाडि ‘प्रिबजेट’बारे छलफल हुनुपर्ने थियो । सोही छलफलपछि राष्ट्रपतिले ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गर्नुपर्ने प्रावधान थियो । तर, सरकारले ‘प्रिबजेट’ छलफलै नगरी पुनः संसद् विघ

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ६६९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नालीमा डुबेर नाबालिकाको मृत्यु

    सुनसरी । खाँदबारी ३ चिसापानी गुम्बा टोल बस्ने सुरेश गुरुङको ३ बर्षीया छोरी एलिसा गुरुङको पानीमा डुबेर मृत्यु भएको छ । शुक्रबार दिउँसो घर नजिकै खेल्ने क्रममा अचानक कच्चि सडकको नालीको पानीमा डुब्दा नाबालिका बेहोस भएकी थिईन । उनको खाँदबारी १ स्थित गोपाल भगत मेमोरियल हस्पिटलमा ल्याई उपचार भईरहेकोमा उपचारकै क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १५, २०७८
    • ६३९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved