अध्ययन नगरि बनाएको कल्भर्ट एक वर्षमै भत्कायो

  • जेठ १८, २०७८
  • "संगम विष्ट"
alt

बराहक्षेत्र । एक वर्ष अघि बनाएको कल्भर्ट बराहक्षेत्र नगरपालिका आफैले भत्काएको छ । कल्भर्ट बनाउन खर्चेको १५ लाख रुपैया पानीमै बगाएको छ ।

कल्भर्ट बने पछि वर्षाको समयमा खोलाले स्थानीयको खेतबारी नै बगाउन थाले पछि नगरपालिकाले नै कल्भर्ट भत्काउन लगाएको छ । नगरपालिकाका इन्जिनियरले बिना डिजाइन र त्यसको प्रभावको अध्ययन नगरि कल्भर्ट बनाउँन पुनः भत्काउनु परेको छ ।

नगरपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाट वडा नम्बर २ र ७ जोड्ने गहने खोलामा कल्भर्ट बनाएको थियो । गत विहिबार देखि स्काभेटर लगाएर कल्भर्ट सहित २ सय मिटर ट्रयाक भत्काउन थालेको छ ।

नगरपालिकाबाट बिनियोजित १५ लाख रुपैयाको बजेटमा उपभोक्ता समिति मार्फत कल्भर्ट बनाएको थियो । अध्ययन नगरी बनाएको कल्भर्टले खोलाको गति नै परिबर्तन गरेको थियो । नगरपालिकाको प्राबिधिकको त्रृटी र जनप्रतिनिधिहरुले चासो नदेखाउँदा कल्भर्टले खेतमा असर गरेको स्थानीय बताउँछन् । स्थानीयले गुनासो गरे पछि नगरपालिकाले कल्भर्ट सहित ट्रयाक भत्काउन बाध्य बनेको हो ।

कल्भर्ट निर्माण भए पछि बर्षाको समयमा खोला बराहक्षेत्र ७ का ज्ञान बहादुर लिम्बुको जमिनमा पस्ने गरेको छ । उनको खेतियोग्य जमिनमा बालुवा सहितको भेल पस्दा गत बर्ष उत्पादनमै ह्रास आए पछि असन्तुष्टी जनाउँदै नगरपालिकामा निवेदन दिएका थिए । कल्भर्ट निर्माण गर्दा नगरपालिकाले स्थानीय सँग छलफल नै नगरेको आरोप लिम्बू बताउँछन् । उनले भने, ‘उपभोक्ता समिति बनाउँदा नगरपालिकाले जानकारी नै नदिई त्यसको अध्ययननै गरेन, अहिले १ वर्षमै फेरी कल्भर्ट भत्काउनुपरेको छ ।’

राज्यको लगानी भइसके पछि बनेका भौतिक संरचना नभत्काई निकास दिनु पर्ने स्थानीयको माग रहेको छ । आफैले बनाएर फेरी आफै भत्काउनु नगरपालिकाकै बेइज्जत भएको वराहक्षेत्र – २ का चन्द्र राई बताउँछन् । दुबै तर्फका उपभोक्तालाई बिश्वासमा लिएर निकास दिनु पर्नेमा नगरपालिकाले कल्भर्टनै भत्काउने कार्य गलत र हेपाहा प्रबृति रहेको राईको भनाई छ ।

कल्भर्टकै कारण दुई तर्फका स्थानीय बिच असम्झारी बढ्न थालेको छ । कल्भर्ट सँगै बनाएको ट्रयाकको कारण उत्तर तिरका स्थानीयको खेतमा पानी जान थालेको थियो भने तल्लो भाग भेल पस्दा खेतमा क्षति पुगेको थियो । अहिले उत्तर तिर बर्षामा खेतमा बाढी पस्ने सम्भावना बढेको छ ।

यता निर्माणका उपभोक्ता समितिका अध्यक्ष अर्बिन धामि नगरको स्टीमेट अनुसार काम गरेको दाबि गर्छन् । प्राबिधिकको सल्लाह बमोजिम काम गरेको उनी बताउँछन । उनी भन्छन्, ‘चैत्र, बैसाख देखि काम सुरु भयो, नगरको १५ लाखको योजना भए पनि पछि वर्षा सुरु भएका कारण ११ लाखको मात्र काम गरेका थियौं, बाकि रकम फ्रिज भएको थियो ।’

कल्भर्ट सम्म पुग्न बनाईएको बाटो भत्काएको कलभर्ट पुरेको वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए । उनले भने, “खेति योग्य जमिनमा खोला पसेपछि उचित व्यवस्थापन गर्ने मर्मत गरिनेछ ।’

सुनसरीले कोशी प्रदेश ...

धरान/सुनसरी बास्केटबल टिमले कोशी प्रदेश स्तरीय ओपन बास् ...

प्रहरी चौकी बनाउन मे ...

धरान/  धरान उपमहानगरपालिका वडा नं १६ सुरक्षाक ...

कोशी किनारको बदलिँदो ...

चतरा/  समयसँगै बग्ने कोशी नदीजस्तै कोशी किनारका बस ...

ट्रान्सफर्मर मर्मतका ...

सोलुखुम्बु/ सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका&nd ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved