धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ । संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ । प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुर
धरान बजारको केन्द्रमै रहेको बसपार्क अस्तव्यस्त भएपछि सुनसरी जिल्ला ट्राफिक प्रहरी कार्यालय व्यवस्थापनमा सक्रिय भएको छ । ट्राफिक कार्यालयले भानुचोक क्षेत्रमा जथाभावी रोक्ने टेम्पो र सिटी सफारीलाई नियन्त्रण गर्न थालेको छ । सिटी सफारीकै बसपार्क अस्तव्यस्त भएर दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको निष्कर्ष छ । उसले सरोकारवाला पक्षसँग छलफल गरेर नियन्त्रणको प्रयास थालेको हो । ट्राफिक प्रकरीको यो कार्य सराहनीय छ । वास्तवमा सवारी साधनहरू जथाभावी रोक्दा सडक व्यवस्थापन र सवारी व्यवस्थापनमा समस्या देखिएका हुन् । सडकको तुलनामा सवारी साधनको चाप बढी हुँदा ट्राफिक व्यवस्थापनमा पनि समस्या द
धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् । यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् । पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति स
धरान / नोवेल एकेडेमी धरान–११ को हिज्जे प्रतियोगितामा निलो सदन प्रथम हुन सफल बनेको छ ।निलो सदनका तर्फबाट प्रिसिका दास, हाङ्मा लिम्बु, राजु श्रेष्ठ, आसुसेन तामाङ, र रिजन कट्वाल रहेका थिए । प्रतियोगितामा पहेलो सदन दोस्रो भएको छ । पहेलो सदनका तर्फबाट सामना लिम्वु, खुशी मगर,समिर तामाङ, संस्कार राई र सागर सुनार रहेका थिए । त्यसैगरी प्रतियोगितामा हरीयो सदनको टिम तेस्रो वन्न सफल भएको थियो । तेस्रो सदनका तर्फबाट मनिका श्रेष्ठ,प्रतिज्ञा राई, सामिङ्मा राई, दिपेन्द्र श्रेष्ठ र आरुसि गनगाई रहेका थिए ।प्रतियोगिताका विजेताहरुलाई ट्रफि र प्रमाण–पत्र प्रदान गरिने विद्यालयका सहायक प्रिन
सुनसरी / प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाले तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । विगत दुई दशकदेखि सुनसरीमा रहेर पत्रकारिता गरिरहेका नवराज विष्टलाई चौतारीले कृयाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । यस्तै उदयीमान पत्रकारका रुपमा इटहरीका प्रकाश तिम्सिनालाई पुरस्कृत गरेको छ । साथै कौशिला खतिवडा स्मृति पत्रकारिता पुरस्कारबाट रोजी खतिवडालाई पुरस्कृत गरेको पुरस्कार छनोट समितिका संयोजक तथा चौतारीका केन्द्रीय सदस्य देवेन्द्र कार्कीले जानकारी दिए । यसैबीच गत प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा चौतारीका तर्फबाट उत्कृष्ट रिपोर्टिङ गर्ने सन्चारकर्मी
धरान/धरानको बसपार्क अस्तव्यस्त भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले भानुचौक एरियामा जथाभावि रोक्ने अटो टेम्पो तथा सिटी सफारी नियन्त्रण गर्न थालेको छ । सिटी सफारीले बसपार्क अस्तव्यस्त बनाएको र दुर्घटनाको जोखिम बढाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले सरोकारवालापक्षसँग छलफल गरेर निर्णय गरी नियन्त्रणको प्रयास थालेको हो । प्रयास स्वरुप कार्यालयले सरोकारवालासँग माघ १२ गते छलफल समेत गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको उपस्थितिमा सिटिसफारीका प्रतिनिधिहरुसमक्ष छलफल भएको थियो । छलफलमा सिटी सफारीलाई ट्राफिक नियमसम्बन्धी जा
धरान / धरान–१६ स्थित युएन, नवोदय कलेजले ‘ट्यालेन्ट शो’ मा विजेता भएकाहरुलाई पुरस्कार वितरण गरेको छ ।कार्यक्रममा विद्यार्थीहरुबीच नृत्य, गायन साथै वक्तृत्वकलाको प्रतियोगितात्मक कार्यक्रम आयोजना भएको थियो । नृत्यतर्फ एकल र समूहगत प्रतियोगिता आयोजना भएको थियो । गायनतर्फ बिबिएस प्रथम वर्षका संगम तामाङ, कक्षा–११ का महिम राई, अर्जुन राई क्रमशः पहिलो, दोस्रो र तेस्रो बन्न सफल बनेका थिए । यस्तै, रयापतर्फ कक्षा–११ का हुकुम बाँस्कोटा प्रथम बनेका छन् । यस्तै, एकल नृत्यतर्फ कक्षा–११ की तिर्सना करला, बिएचएमकी अञ्जु तामाङ, ज्योति लिम्बू क्रमशः प्रथम, द्विती
धरान / धरान उच्च कलेजका विद्यार्थीहरुद्वारा आयोजित इन्टर फ्याकल्टी फुटसलको उपाधि पुरुष तर्फ कक्षा १२ र छात्रातर्फ विविएले हात पार्न सफल बनेको छ । धरान उच्चमा अध्ययरनरत विद्यार्थीहरुको संस्था स्टुडेन्ट सोसाइटी अन्तर्गतको डिसिएम सोसाइटीले आयोजना गरेको फुटसलको उपाधि हात पार्न उनीहहरु सफल बनेका हुन् । छात्रतर्फको खेलमा कक्षा १२ ले विविए डिसिएम सोसाइटीलाई ३–० को अन्तरले पराजित गरेको थियो । त्यसैगरी छात्रातर्फको खेलमा कक्षा ११ लाई १–० ले हराराउँदै विविए संकायका खेलाडी विजेता वनेका थिए । विविएकी सर्मिला राईले आफ्नो टीमको तर्फबाट गोल गरेकी थिइन् । उनको गोल नै खेलका लागि निर्णा
धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल डे’ शुक्रबार सम्पन्न भएको छ । एम्समा अध्ययनरत् विद्यार्थीहरूको एम्स क्रियटिभ ग्रुपले सो कार्यक्रम आयोजना गरेको हो । त्यस दिन सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आप्mनो जातीय पहिरनमा आएका थिए । कार्यक्रममा एम्सका विद्यार्थीहरू एकल र सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । एम्सको वार्षिक पात्रोअनुसार नै समूहले कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष रिसभ राईले जनाए । विद्यार्थीहरूलाई आप्mनो संस्कृतिको संरक्षणप्रति सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गर्न थालिएको कलेजको व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले बताए । कक्
धरान \ सरकारी स्तरबाट निजीक्षेत्रको पर्यटन व्यवसायीहरुलाई प्रोत्साहन हुन नसकेको समयमा निजी क्षेत्रबाट आफ्नै तरिकाले पर्यटन प्रवद्र्धनका लागि पर्यटन व्यवसायीहरु लागेका छन् ।विगत लामो समयदेखि पर्यटन क्षेत्रमा लागेकाहरुले आ–आफ्नै ढङ्गले प्रवद्र्धनका कामहरु गर्न थालेका हुन् । लामो समयदेखि पर्यटन व्यवसायमा लागेकाहरुले व्यवसाय प्रवद्र्धनका लागि नयाँ नयाँ कार्यक्रम अगाडि सार्ने गरेका छन् ।यसै क्रममा धरान २० मा सञ्चालित सेछ एडभेन्चरले ‘सेछ एडभेन्चर फेस्टिबल’को आयोजना गर्ने भएको छ । कोरोना संक्रमणका समयमा ध्वस्त भएको पर्यटन व्यवसायलाई विस्तारै सहजतातर्फ उन्मुख भएको बेला सेछले आगामी