एम्समा सांस्कृतिक कार्यक्रम सम्पन्न

  • माघ २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल डे’ शुक्रबार सम्पन्न भएको छ ।

एम्समा अध्ययनरत् विद्यार्थीहरूको एम्स क्रियटिभ ग्रुपले सो कार्यक्रम आयोजना गरेको हो । त्यस दिन सबै विद्यार्थी र शिक्षक–शिक्षिकाहरू आ–आप्mनो जातीय पहिरनमा आएका थिए । कार्यक्रममा एम्सका विद्यार्थीहरू एकल र सामूहिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए । एम्सको वार्षिक पात्रोअनुसार नै समूहले कार्यक्रम आयोजना गरेको समूहका अध्यक्ष रिसभ राईले जनाए । विद्यार्थीहरूलाई आप्mनो संस्कृतिको संरक्षणप्रति सचेत बनाउन यस्तो कार्यक्रम आयोजना गर्न थालिएको कलेजको व्यवस्थापन सङ्काय संयोजक दुर्गा सुवेदीले बताए । कक्षा १२ उत्तीर्ण गरेर विद्यार्थीहरू गएपछि नयाँ समूह निर्माण गर्ने गरिएको छ ।

कलेजको आन्त्रिक परीक्षामा ३ दशमलव २५ भन्दा बढी जीपीए ल्याउने विद्यार्थीहरूलाई पनि कलेजले सोही अवसरमा पुरस्कार प्रदान गरेको थियो । सो अवसरमा कक्षा ११ का २७ र १२ का १४ जनालाई पुरस्कृत गरिएको कलेजका प्राचार्य मित्र तामाङले बताए । कलेजका तर्पmबाट विभिन्न प्रतियोगितामा सहभागी भएर पुरस्कार जितेका विद्यार्थीहरूलाई पनि सो अवसरमा कलेजले पुरस्कार प्रदान गरेको थियो ।

समूहका खम्बसिंह बस्नेत र नेसनल बहुमुखी क्याम्पसका संयोजक हेमन्त भण्डारीद्वारा सञ्चालित कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष प्रकाश राई प्रमुख अतिथि थिए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved