प्रदेशस्तरीय भलिबलको उपाधि ओखलढुंगालाई

  • माघ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/एक नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुंगा भलिबल टिमले जितेको छ ।

संखुवासभाको सदरमुकाम खाँदबारी शनिवार भएको फाइनलमा भोजपुर भलिबल टिमलाई ३–१ सेटमा हराउँदै ओखलढुंगाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टिम तेश्रो र पाँचथर भलिबल टिम चौथो भएको छ ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी ओखलढुंगाका समिप श्रेष्ठ घोषित भए । बेष्ट स्पाइकर ओखलढुंगाका हरि अधिकारी, लिफ्टर मनोज घिमिरे, व्लकर द्वारिका थापा, लिब्रो भोजपुरका सन्तोष राई र सर्भर बालकुमार रायमाझी घोषित भए । विजयी ओखलढुंगाले नगद १ लाख ११ हजार शिल्ड प्रदान गरिएको थियो भने उपविजेता चित्त बुझाएकोे भोजपुरले ५५ हजार नगद प्राप्त गरेको छ ।

प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाका टिम सहभागी भएको आयोजक सूर्य माविले जनायो। विजयी टिमलाई भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले पुरस्कार वितरण गरे । रेजिना रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता २०५८ सालमा जिल्लास्तरीय, २०७१ सालमा पूर्वाञ्चलस्तरीय हुँदै २०७४ सालमा प्रदेश १ स्तरीय भएको थियो। खेलकै माध्यमबाट विकृति विसंगति हटाउँदै खेल क्षेत्रबाट संखुवासभालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग पुग्ने आयोजकको भनाइ छ ।

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सन्देश प्रवाह गर्दै ...

धरान/ जन्म दिन सबैको विशेष हुन्छ । जन्म दिन सबैले ...

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved