वडाबासीलाई सुरक्षित बनाउने वडा कार्यालयको योजना "चौकीसँगै सिसी क्यामेरा जडानमा तिब्रता"

  • माघ २३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान / स्थानीय सरकारले आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने विषयमा गम्भीर बनेका छन् । शिक्षा, स्वास्थ्यसँगै सुरक्षा चुनौतिलाई समेत मध्यनजर गरेर धरान उपमहानगरपालिकाका वडाहरुले सुरक्षाको प्रत्याभूति दिने खालका काम गर्न थालेका हुन् ।

यस काममा सबैभन्दा अगाडि धरान १४ विजयपुर रहेको थियो । धरान १४ विजयपुरमा अस्थायी प्रहरी चौकी निर्माणको प्रक्रिया अगाडि बढेको छ भने चौक चौकमा सिसी क्यामेरा जडान गरिएको छ । धार्मिक पर्यटकीय क्षेत्र भएकै कारण सिसी क्यामरा जडान गरिएको धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताएका छन् ।

पछिल्लो समय धरान १६ ले समेत आफ्नो वडाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने खालका कामलाई अगाडि सारेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि चौकी निर्माणलाई तिब्रता दिइरहेको छ भने त्योसँगै चौक चौकका सिसी क्यामरा जडान समेत गरेका छ ।

धरान १६का वडाध्यक्ष मुरारी भट्टराईले वडामा २० हजार भन्दा बढी जनसंख्या रहेको बताउँदै वडाको क्षेत्रफल समेत ठूलो भएका कारण शान्ति सुरक्षाको चुनौति बढ्दै गएपछि यहाँ अस्थायी प्रहरीको आवश्यकता रहेकै कारण निर्माणको काम भइरहेको बताए । उनले भने शान्ति सुरक्षा लगायत सबै प्रकारका सुरक्षा प्रदान गर्न प्रहरी चौकी स्थापना गर्न आवश्यक रहेको देखियो, यसले गर्दा हामीले प्रहरी चौकी निर्माण गरेका हौ ।


उनले धरान १६ मा पार्क समेत निर्माण हुँदै गएकोले पार्कमा आउनेहरुले शान्तिसुरक्षाको प्रत्याभूति गर्न सकून भन्ने उद्देश्यले सिसी क्यामरा जडान कार्यलाई शुरु गरेको बताए । उनले भने  शान्ति सुरक्षा लगायत सबै कुरालाई मध्यनजर गरेर हामीले प्रहरी चौकी स्थापना गर्दैछौैै, शान्ति सुरक्षालाई नै मध्यनजर गरेर वडाको सम्बेदनशील क्षेत्र तथा चौकमा ८ ठाउँमा सिसी क्यामरा जडान गरेका हौै ।

उनले सिसी क्यामेरा जडानलाई विस्तार गर्दै लाने योजना रहेको सुनाए । उनले भने  सिसी क्यामरा जडानले निरन्तता पाउँदै जान्छ, आगामी आउने बजेटबाट हामी थप गर्दै लाने योजनामा छौं ।प्रहरी चौकी, सिसी क्यामेरा जडानबाट सर्वसाधारणले समेत सुरक्षाको प्रत्याभूति महसस गर्ने भएका छन् ।

धरान १६ का डेभिड लिम्बुले प्रहरी चौकीसहित सिसी क्यामेरा जडानले समग्र वडाको शान्ति सुरक्षामा सहयोग पुग्ने बताए । उनले भने धरान १६मा बस्ती बढेको बढ्यै छन्, चोरी तथा लुटपाटका घट्नाहरु पनि बृद्धि हुदै गएको छ, यहाँ निर्माण भएको प्रहरी चौकी र सिसी क्यामेरा जडानले शान्ति सुरक्षामा सहयोगथ पुग्छ भन्ने हामीलाई लागेको छ ।

उनले प्रहरी चौकी निर्माण र सिसी क्यामेरा जडानले धरान १६ मा आपराधिक घट्नामा नियन्त्रण हुने बताए । विगतमा दशैँ तिहारलगायतका चाडपवर्ममा धेरै चोरी र डकैती हुने गरेको बताउदै अब भने नियन्त्रण हुने विश्वास उनको छ ।

उनले भने १६ नं. वडामा चाडवाडका समय अर्थात दशै तिहारमा अत्याधिक चोरीका घट्ना हुन्थे, सिसी क्यामरा जडान र प्रहरी चौकी निर्माणपछि पक्कै पनि यो अपराधिक घट्ना नियन्त्रण हुन्छ भन्ने हामीलाई लागेको छ ।

सामाजिक सञ्जालमार्फत ...

धरान/ सामाजिक सञ्जालमार्फत ठगी गरेको अभियोगमा फरार ...

५ वर्षदेखि फरार जबरज ...

धरान/जबरजस्ती करणी मुद्दामा अदालतबाट ५ वर्ष कैद सजाय पा ...

धरानमा डेरा गरी बस्न ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका–५ स्थित झर्नाचो ...

'किसानलाई ऋण होइन अध ...

झापा/ झापाको मेचीनगर नगरपालिकाले कृषिमा निर्भर स्थ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved