स्थानीय

    Showing ४,०८१-४,०९० of ५,३६० items.
  • कोशी प्रदेशको पाचौं मुख्यमन्त्रीमा उद्धव थापा

    मोरङ्ग/ कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्वव थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका छन्। बिहीबार नेपालको संविधानको धारा ६८ को उपधारा ९२० बमोजिम प्रदेश प्रमुख खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतम सहित ४७ सदस्यको समर्थन रहेको भन्दै दाबी पेश गरेका थिए। समानुपातिकबाट प्रदेशसभा सदस्य, प्रदेश संसदीय दलको नेता हुँदै झापाली नेता थापा प्रदेशको पाँचौं मुख्यमन्त्री बन्न सफल भएका छन्। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई व

    • प्रकाशित मितिः असार २१, २०८०
    • ८९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइईको परिक्षाफल सार्वजनिक (यी तरिकाबाट हेर्न सकिन्छ)

     काठमाडौं/  राष्ट्रिय परीक्षा बोर्डले २०७९ को माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।   बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४ सय ७५ रहेको छ ।   जुन कुल परीक्षार्थीको २.९ प्रतिशत रहेको बोर्डले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । एसइईको नतिजा हेर्ने तरिकाहरु   त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउनेको संख्या ५५ हजार ६९ र २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ७२ हजार ३६२, २.४ देखि २. ८ जीपीए ल्याउनेको संख्या ८९ हजार ३३१ जना रहेको छ । सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छ

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,१२६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको नगरसभा स्थगित असार २५ मा सारियो

    धरान/  तोकिएको समयसिमा भित्र वडागत र बिषयगत समितिको बिस्तृत बजेट तथा कार्यक्रमहरु नआए पछि धरान उपमहानगरपालिकाको आज हुने भनिएको दोस्रो नगर सभा स्थगित भएको छ । असार २० गते बुधबार सम्मा सबै वडा र बिषयगत समितिहरुलाइ तोकिएको सिलिङ अनुसारको बजेट तथा कार्यक्रम बनाइ बुझाउन समय तोकिएको थियो तर समय सिमा भित्र कार्यक्रमहरु नआइपुगेकोले बुधबार बसेको कार्यपालिका बैठकले असार २५ गते सम्मका लागि नगरसभाको मिति सारेको छ । गत असार १० गते उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिकाको नगर सभा आज असार २१ गतेलाइ तोकिएको थियो । वडामा पठाएको बजेट सिलिङ घटाएर पठाएकाले जनताको आवश्यकता अनुसार काम गर्न नसकिने

    • प्रकाशित मितिः असार २१, २०८०
    • ९४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई स्पिकर बिजेतालाइ पुरस्कार बितरण

     धरान/  माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ।  र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो। प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे। बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,१७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेश :नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

    बिराटनगर/ प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय  आज सकिँदै छ । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् । केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् । नयाँ सरकार गठनकै लागि  प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् । कोशी प्रदेशमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ । ९३ सदस्यीय प्रदेशसभामा बह

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,०७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी बोर्डको अध्यक्ष साम्पाङ विरुद्धको अन्तरिम आदेश अस्विकार

     धरान/ धरान खानेपानी बोर्डको अध्यक्षका रुपमा काम गर्न मेयर हर्क साम्पाङलाइ बाटो खुलेको छ । उनी विरुद्ध उच्च अदालत बिराटनगरमा परेको रिटको सुनुवाइमा जेठ २६ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने भन्दै अस्विकार गरे पछि बोर्ड अध्यक्षको बाटो खुलेको हो । उनी विरुद्ध सुनसरी उद्योग बाणिज्य संघ तथा बोर्ड सदस्य बिजय श्रेष्ठले आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै साम्पाङविरुद्ध उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । रिटको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारी र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले बुधबार साम्पाङ विरुद्धको अल्पकालीन अन्तरिम आदेशलाइ निरन्तरता दिनु

    • प्रकाशित मितिः असार २१, २०८०
    • १,१४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अपांग तथा असहाय केन्द्रको सहयोग निरन्तर

      धरान/  कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्, थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् । यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो । यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ । धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ । यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री, निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपां

    • प्रकाशित मितिः असार २०, २०८०
    • १,०४७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सर्वोच्चको फैसला गोपाल मन्दिरको पक्षमा

    धरान/  धरान १४ स्थित गोपाल मन्दिरको जग्गाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । अदातले २०८० जेष्ठ २२ गते मन्दिरको पक्षमा फैसाला गरेको हो । फैसला भएसँगै मन्दिरको जग्गा मन्दिरलाई प्राप्ति भएको छ । कल्याणी माताको नाममा बनेको समितिले २०६८ सालमा समिति नै बनाएर जग्गा अतिक्रमण गर्ने विरुद्ध गोपाल मन्दिर बचाउँ संघर्ष समितिले सर्वोच्चमा मुद्धा दायर गरेको थियो । कल्याणीमाताको नाममा २०६८ सालदेखि जग्गा अधिग्रहण गरी भौतिक संरचना समेत बनाइएको थियो । अब सर्वोच्चको निर्णयसँगै कल्याणी माताको नामममा रहेको भौतिक संरचना समेत भत्किने भएको छ । गोपाल मन्दिर बचाउँ संघर्ष समितिकी संयोजक पूर्णिमा राई

    • प्रकाशित मितिः असार २०, २०८०
    • १,९३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिमा बिबाद चर्काउदै धरान र इटहरीका मेयर, समाधानका लागि समिती बन्ने

     धरान/  सिमा बिबादलाइ लिएर पुनः धरान र इटहरी उपमहानगरपालिकाका दुई मेयर बिच दोहोरी चलिरहेको छ । केही महिना अघि धरानका मेयर हर्कराज राइले तरहरा मास्तिर पानीपियामा धरानको सिमा प्रारम्भ भएको बोर्ड राख्न लगाएका थिए । लगत्तै इटहरीको तर्फबाट एमाले निकट युवा संघले बोर्ड हटाएको थियो । त्यसपछी दुबै नगरका मेयर बिच सिमा विवादलाई लिएर दोहोरी शुरु भएको हो । सिमा बिबादले नागरिक बिच द्वन्द्व निम्त्याउन सक्ने भन्दै दुबै नगरका मेयरको आलोचना हुन थाले पछि सम्बम्धित निकायलाइ पहल गर्नका लागि सुझाब आएको थियो । सुझाबकै आधारमा धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला समन्वय समिति सुनसरीलाइ प

    • प्रकाशित मितिः असार २०, २०८०
    • ९४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाली काँग्रेसद्धारा धरानमा जेपी जयन्तीमा सरसफाई

    धरान/ १००औं जी.पी. जयन्ती एवम् नेपाली कांग्रेसको क्षेत्र नं. १ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको अवसरमा सरसफाई गरिएको हो । क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार धरान १४ मा रहेको पवित्र पिण्डेश्वर बाबा धाम, धरान ३ मा रहेको मस्जिद, धरान ८ मा रहेको श्री हिमालय महायान रिन्छेन् छ्योलिङ वुद्धिष्ट गुम्बा र धरान १५ मा रहेको अनुग्रह चर्चमा सरसफाई गरिएको छ । सो अवसरमा सभापति तामाङ, प्रदेश महामन्त्री उमेश थापा, प्रदेश सांसद ममता तामाङ, कार्यक्रम संयोजक युवराज शंकर लगायतले विचार राखेका थिए ।  उनीहरुले नेपाली कांग्रेसको चार सिद्धान्त मध्ये एक सिद्धान्त धार्मिक स्वतन्त्रता भएको र न

    • प्रकाशित मितिः असार १९, २०८०
    • १,०२१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved